भिडियो र तस्बिरमा धरान उपनिर्वाचनको तयारी

भिडियो र तस्बिरमा धरान उपनिर्वाचनको तयारी

धरानः धरानमा उपमहानगरप्रमुख र वडा नम्बर ७ का वडा अध्यक्षको चयनका लागि शनिबार निर्वाचन हुँदैछ । निर्वाचन कार्यालयले अन्तिम तयारी गरेको र भयरहित वातावरणमा निर्वाचन गराउन नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले सुरक्षा दिने बताएको छ । 

निर्वाचन हुने अघिल्लो दिन आज धरानमा कतै मतदाता परिचय पत्र बाँडिदै गरेको, कतै सेनाको गस्ती त कतै मतदान स्थलमा मतदान केन्द्र बनाउँदै गरेको दृष्यले चुनावी माहोल बढेको देखियो । 

मुुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीका अनुसार २८ मतदान स्थलमा ९० केन्द्रहरु ताेकिएको छ । धरानमा पछिल्ला १३ हजार ५ सय ७१  थपसहित ९२ हजार ८ सय ५३  मतदाता रहेको उप्रेतीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.