मतदान अधिकृतदेखि सहयोगीसम्म महिला

मतदान अधिकृतदेखि सहयोगीसम्म महिला

प्यूठान : प्यूठान नगरपालिका २ दाखाक्वाडी बडरपाटा (क) मतदान केन्द्रमा खटिने कर्मचारी सबै महिला छन् । मतदान अधिकृतदेखि सहयोगी र सुरक्षाकर्मीसम्म महिलाले चलाएका छन् । जिल्ला अदालत कार्यालय प्यूठानकी श्रेस्तेदार सीता रेग्मीको नेतृत्वमा १५ जना महिला कर्मचारी मतदान केन्द्रमा खटिएका छन् । 

जिल्लाका अन्य मतदान केन्द्रमा भने पुरुष कर्मचारीको नेतृत्वमा जनशक्ति परिचालन भएका छन् । नेतृत्वदायी भूमिकामा महिलालाई प्राथमिकतामा दिइएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधीश विष्णुप्रसाद गौतमले बताए ।  

मतदान केन्द्रमा सहायक मतदान अधिकृत जिल्ला सरकारी वकिल कार्यालयमा कार्यरत विष्णु ओली, सहायक कर्मचारी प्यूठान नगरपालिकामा कार्यरत मञ्जु धिताल, जिल्ला सम्वन्य समितिमा कार्यरत राधा गिरी र कार्यालय सहयोगीमा जिल्ला अदालत कार्यालकी गंगा भण्डारी खटिएका छन् ।

चार÷चारजना स्वमसेवक सुरक्षाकर्मी समेत महिला नै छन् । प्यूठान नगरपालिका २ सहित ऐरावती गाउँपालिका १ दाङवाङ र २ बरौलामा उप निर्वाचन हुँदैछ । निर्वाचन सफल बनाउनका लागि तीन वडाका १२ मतदान केन्द्रमा गरी ६० जना कर्मचारी खटिएको मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी गराए । उनका अनुसार विहान ७ देखि बेलुका पाँच बजेसम्म मतदान हुनेछ । मतगणना सोही दिन वा भोलीपल्ट हुने उम्मेदवारको सहमतिअनुसार टुंगो लगाइने उनको भनाई छ ।

प्यूठान नगरपालिका २ मा ३ हजार २१ जना, ऐरावती १ मा २ हजार पाँच सय ४५ र २ मा २ हजार ७ सय ८० जना मतदाता छन् । कुल मतदाताको बढीमा ७० प्रतिशत मत खस्ने आँकलन गरिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.