सर्लाही जिल्ला अस्पतालमा आगलागी

सर्लाही जिल्ला अस्पतालमा आगलागी

मलंगवा : सर्लाहीको सदरमुकाम मलंगवामा रहेको सर्लाही जिल्ला अस्पतालमा शुक्रबार दिउँसो आगलागी भएको छ ।

आगलागीबाट करिब ७ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट कम्प्युटर, ल्यापटप, फ्रिजलगायत विद्युतीय उपकरण तथा औषधि समेत जलेको छ । आगलागीबाट अस्पतालमा करिब सात लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

विद्युत् सर्ट भएर अस्पतालको माथिल्लो तलाबाट आगलागी सुरु भएको बताइएको छ । प्रहरी, स्थानीयबासिन्दा, व्यापारी र अस्पतालका कर्मचारीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको स्थानीय व्यापारी सुवास गुप्ताले बताए ।

मलंगवा नगरपालिका कार्यालयको दमकल नहुँदा आगो नियन्त्रण गर्नमा समस्या भएको गुप्ताले बताए । करिब ३० मिनेटको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो । हरिवन नगरपालिकाबाट आउँदै गरेको दमलक मलंगवा नपुग्दै आगो नियन्त्रणमा आएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.