सर्लाहीमा मतदान केन्द्र नजिकै विस्फोटक पदार्थ फेला, सेनाले गर्यो डिस्पोज
![सर्लाहीमा मतदान केन्द्र नजिकै विस्फोटक पदार्थ फेला, सेनाले गर्यो डिस्पोज](https://annapurnapost.prixacdn.net/media/albums/bom_20190527070745_RAV4Wd54bC.jpg)
सर्लाही : सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नम्बर १ मा मतदान केन्द्र नजिकै विस्फोटक पदार्थ फेला परेको छ। उप-निर्वाचनमा मतदातालाई त्रसित पार्नका लागि मतदान केन्द्रबाट करिब साढे ३ मिटर पर पानी खाने अम्खोरामा विस्फोटक पदार्थ भेटिएको हो।
अम्खोराबाट तार निकालेर मोबाइलमा जोडिएको अवस्थामा विस्फोटक पदार्थ भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। मोबाइलमा ८:०५ को समयपनि निर्धारण गरिएको थियो।
फेला परेको अम्खोरामा पि ए के विस्फोटक पदार्थ भरिएको थियो। विस्फोट हुनुभन्दा अगाडीनै सुरक्षाकर्मीले जानकारी पाएको थियो। बम भनिएको उक्त विस्फोटक पदार्थलाई रणशेर गणबाट आएको नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)