काभ्रेको एक वडामा उपनिर्वाचन
बनेपा : काभ्रेमा एक वडाअध्यक्ष पदका लागि शनिबार उप निर्वाचन हुँदैछ। धुलिखेलनगरपालिका–२ वडा मा अध्यक्ष पदका लागि उप निर्वाचन भइरहेको छ। सबै केन्द्रमा बिहान ७ बजेबाट मतदान शुरु भएको जिल्ला निर्वाचनकार्यालय काभ्रेले जनाएको छ।
निर्वाचन अधिकृत उमेश राईकाअनुसार रविओपीको सेतीदेवी माविमा केन्द्र ‘क’ र ‘ख’ गरी दूई वटा केन्द्रमा मतदान भइरहेको छ। जसमा केन्द्र ‘क’मा ९५२ र केन्द्र ‘ख’मा ९२५मतदाता रहेका छन् ।
यस वडाको वडाअध्यक्ष पदका लागि नेकपाबाट देवप्रसाद कोईराला, नेपाली कांग्रेसबाट दर्णबहादुर खत्री, राजपा नेपालबाट कृष्णबहादुर तामाङ र राप्रपा संयुक्तबाट बासुदेव थापा उम्मेदार रहेका छन् ।
निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रे प्रहरी एसपी जयराज सापकाटोले जानकारी दिए । निर्वाचन स्थलमा नेपालप्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाका खटिका छन् ।
काभ्रेको धुलिखेल नगरपालिका २ का वडाअध्यक्ष राजन कोइरालाको मृत्यु भएको कारण उप निर्वाचन भएको हो।