नेकपा उम्मेदवार विद्याले गरिन् मतदान

नेकपा उम्मेदवार विद्याले गरिन् मतदान

पोखरा : कास्की निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा उम्मेदवार विद्या भट्टराई अधिकारीले मतदान गरेकी छिन्। पोखरा - ३३ भरतपोखरीमा रहेको शान्ति उदय माध्यमिक विद्यालयको मतदान केन्द्र पुगेर बिहान नौ बजे मतदान गरेकी हुन्। मतदानकेन्द्रमा आएका अन्य मतदाताजस्तै लाइनमा बसेर उनले मतपेटिकामा आफ्नो मत खसालेकी हुन्।मतदाताहरु बिहानैदेखि मतदान गर्न लाइनमा बसेका छन्। कास्की क्षेत्र २ अन्तर्गत प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि ३२ मतदानस्थलमा ८२ केन्द्र  रहेको छ। तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलीकप्टर दुर्घट्नामा निधन भएपछि उपनिर्वाचन भएको हो।

कास्की-२ मा दलका ११ र स्वतन्त्र गरी २१ जना उम्मेदवार चुनावी मैदानमा छन्। यस निर्वाचन क्षेत्रमा कुल ७१ हजार ८ सय ७१ मतदाता छन्। 

कास्कीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की विद्या भट्टराई, नेपाली कांग्रेसका खेमराज पौडेल, साझा पार्टीकी रजनी केसी, समाजवादी पार्टीका धर्मराज गुरुङ, राप्रपा नेपालका रोमबहादुर भण्डारी, राप्रपा संयुक्तकी गंगा मल्ल, नेकपा मालेका टेकनाथ भण्डारी, नेपाली कांग्रेस बिपीका चन्द्रबहादुर रानाभाट, मंगोल नेपाल अर्गनाइजेसनका रियाज गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर राना र देशभक्त समाजका वीरबहादुर विश्वकर्मा उम्मेदवार छन्। 

विवेकशील नेपाली दलकी जमुना शर्माले स्वतन्त्र हैसियतमा उम्मेदवारी दर्ता गराएकी छन्। संघीय लोकतान्त्रिकका गजेन्द्र संवो लिम्बु, राष्ट्रिय नागरिक पार्टीका नवराज घले र मुक्ति आन्दोलन नेपाल पार्टीका जयवन्त विक्रम शाहको उम्मेदवारी दर्ता खारेज भएको हो। 

संरक्षणको क्षेत्रमा काम गरेर हालै अवकास पाएका कमलजंग कुँवरलेसमेत स्वतन्त्र उम्मेदवारी दिएका छन्। उमानाथ गौतम, दीपक रेग्मी, नवराज बास्तोला, यज्ञप्रसाद पंगेनी, रनबहादुर दमै, लक्ष्मीकुमारी भुजेल, सुनीलबहादुर कोइराला, सुनील भुसाल स्वतन्त्र उम्मेदवार छन्।  

गएको निर्वाचनमा विजयी रवीन्द्र अधिकारीको २०७५ फागुन १५ गते निधन भएको थियो। विद्यार्थी राजनीति गरेकी उनकै पत्नी विद्यालाई सत्तारुढ नेकपाले उम्मेदवार बनाएको हो। कांग्रेस नेता खेमराज पौडेल पार्टी सभापति शेरबहादुर देउवाका विश्वासपात्र र समकालीन हुन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.