थबाङमा उपनिर्वाचन : मतदाताको न्यून उपस्थिति

थबाङमा उपनिर्वाचन : मतदाताको न्यून उपस्थिति

रोल्पा : थबाङ गाउँपालिका-१मा वडाध्यक्ष पदका लागि मतदान भइरहेको छ। शनिबार विहान १० बजेसम्म यहाँ ४५वटा मात्र मत खसेको हो।

निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीका अनुसार बिहान ७ बजेदेखि मतदान सुरु भएको हो। मतदान स्थलमा विहान मतदाताको न्यून उपस्थिति देखिएको छ। नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाकोसमेत प्रभाव क्षेत्र मानिने यहाँ सत्ताधारी नेकपा र कंग्रेस निकट मतदाताले मात्र मतदान गर्ने अनुमान गरिएको छ।  विप्लव नेकपाका नेता र आस्थावान थबाङीले चुनाव बहिस्कार गर्न मतदातालाई आह्वान गरेका छन्। 

स्थानीय तहको २०७४ सालको चुनावमा थबाङमा विप्लव  नेताले स्वतन्त्रबाट चुनावमा भाग लिएका थिए। १ नम्बर वडामा स्वतन्त्र प्यानल नै विजयी भएको थिए। वडा अध्यक्ष फर्कबहादुर बुढाको निधन भएपछि उपचुनाव गर्नु परेको हो।

कर्यवाहक अध्यक्ष भद्रकुमार झाँक्रीले सदस्यबाट राजीनामा दिएर वडाध्यक्षका लागि स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए। निर्विरोध नबनाएको भन्दै उनले कार्तिक ३० गते उम्मेदवारी फिर्ता लिएका हुन्। उनको उम्मेदवारी फिर्ता लगत्तै दुईजना सदस्यले पनि राजीनाम दिएका छन्।

सत्ताधारी नेकपाका उम्मेदवार जनकबहादुर बुढा र नेपाली कांग्रेसका उम्मेदवार कलम रोका चुनावी मैदानमा छन् । स्थानीय तहको निर्वाचनताका स्वतन्त्र उम्मेदवारले पूर्वमाओवादी केन्द्रका उम्मेदवार ग्रीस पुनलाई पराजित गरेका थिए। ३ सय ५९ मतले फर्कबहादुर विजय भएका थिए भने ग्रीसले २ सय ५६ मत ल्याएका थिए। करिव १ हजार २ सय मतदाता रहेको वडामा विप्लव नेतृत्वको नेकपा कार्यकर्ताले चुनावमा भाग नलिने अवस्थाले न्यून मतदान हुने देखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.