प्यूठानमा ५० प्रतिशत मत खस्यो
प्यूठान : बिहान सात बजेदेखि सुरु भएको उप निर्वाचनको मतदान जारी छ। दिउँसो १ बजेसम्म तीन ५० प्रतिशत मत खसेको छ।
ऐरावती गाउँपालिका-१ दाङवाङ-२ बरौला र प्यूठान नगरपालिका-२ दाखाक्वाडीमा मतदान भइरहेको छ। भौगोलिक हिसाबले दुर्गम मानिने ऐरावतीको दाङवाङको मतपत्र गाउँपालिका केन्द्र बरौलामा ल्याउन समय लाग्ने भएकाले आइतबार मात्र मतगणना गर्ने तयारी आयोगले गरेको छ।
राति १० बजेसम्म दाङवाङका विभिन्न क्षेत्रको मतपत्र आइपुग्ने निर्वाचन अधिकृत चन्द्रदेव भारतीले जानकारी दिए। उनका अनुसार सर्वदलीय बैठक बसेर आइतबर बिहानबाट मतगणना हुनेछ।
तीनवटै वडामा धेरैजसो महिला मतदाताको सहभागीता रहेको छ। आइतबार साँझसम्म तीनवटै वडाको अन्तिम नतिजा आइपुग्ने निर्वाचन अधिकृतको भनाइ छ।