कास्की-२ उपनिर्वाचन : ६० प्रतिशत मतदान

कास्की-२ उपनिर्वाचन : ६० प्रतिशत मतदान

पोखरा : शनिबार दिउँसो ३ बजेसम्म कास्की-२ मा ६० प्रतिशत मतदान भएको छ।  मतदान सुरु नहुदै बम पड्किएको मतदान केन्द्रमासमेत उत्साहजनक रुपमा मतदान भइरहेको छ।  शनिबार बिहानै पोखराको नयाँ बजारसिथ्त नवप्रभात मावि मतदान केन्द्रमा बम विस्फोट भएको थियो।  

उक्त केन्द्रमा रहेका ९ सय ६० मतदातामध्ये पाँच सय ३८ ले दिउँसो तीन बजेसम्ममा मतदान गरिसकेका छन्। नवप्रभात मावि पतदान केन्द्रका मतदान अधिकृत सोभियत खड्काका अनुसार बमलाई चुनौती दिँदै मतदाताले उत्साहजनक ढंगले मतदान गरिरहेका छन्।  

जिल्ला निर्वाचन अधिकृत महेन्द्र सुवेदीका अनुसार सवा ३ बजेसम्ममा ६० प्रतिशत मत खसिसकेको छ।  कास्की-२ मा ७१ हजार ८ सय ७१ मतदाता छन्।  बिहानै कम मतदान भए पनि दिउँसो घाम चर्किएपछि उत्साहजनक रुपमा मतदान भइरहेको उनको भनाइ छ।  

प्रतिनिधिसभा अन्तर्गतको एक मात्र क्षेत्र कास्की-२ मा उपनिर्वाचन भइरहेकाले यसको चर्चा बढी नै छ।  तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि त्यहाँ उपचुनाव भएको हो।  

उपनिर्वाचनमा नेकपाले रवीन्द्र पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ।  प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने खेमराज पाैडेललाई उम्मेदवार बनाएको छ।  यो क्षेत्रमा नेकपा उम्मेदवार विद्या र कांग्रेस उम्मेदवार खेमराजबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.