क्रसर उद्योगबाट पेस्तोल बरामद

क्रसर उद्योगबाट पेस्तोल बरामद

काभ्रे : रोशी गाउँपालिका-११ कालढुङगास्थित माँ चण्डेश्वरी एग्रिगेट स्टोन प्रालिको क्रसर उद्योगबाट प्रहरीले पेस्तोल बरामद गरेको छ। प्रहरीले शुक्रबार राति पेस्तोल र केएफ ७.६५ लेखिएको १ राउण्ड गोली बरामद गरेको हो।

उक्त क्रसरमा रहेको टहराभित्र पेस्तोल लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रहरीले खानतलासी गर्दा लुकाइ राखेको अवस्थामा हतियार बरामद गरेको इलाका प्रहरी कार्यलय मंगलटारका प्रहरी निरीक्षक धर्म जंग थिङले जानकारी दिए। पोस्तोल भेटिएको ठाउँ नजिकै केएफ ७.६५ लेखिएको १ राउण्ड गोलीसमेत बरामत गरिएको प्रहरी निरिक्षक थिङले पुष्टि गरे। 

जिल्ला प्रहरी कार्यालय काभ्रे र ईलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरीले क्रसर उद्योगबाट हतियार बरामद गरेको थियो। पेस्तोल र गोली फेला परेको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ। उक्त क्रसर उद्योग बनेपाको राजभक्त प्रधान र युद्धबहादुर थापाको नाममा जिल्लामा दर्ता रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.