थबाङमा १६ प्रतिशत मात्र मत खस्यो : विप्लव कार्यकर्ताले मत दिएनन्

थबाङमा १६ प्रतिशत मात्र मत खस्यो : विप्लव कार्यकर्ताले मत दिएनन्

रोल्पा : रोल्पाको थबाङ गाउँपालिका-१ मतदान केन्द्रमा दिउँसो ४ बजेसम्म १६.०९५ मत खसेको छ। वडा अध्यक्ष पदको लागि शनिबार बिहान ७ बजेदेखि मतदान सुरु भएको हो। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म दुई सय ५ मत खसेको छ। १ हजार २ सय ७४ मतदाता रहेको यस वडामा बिहानैदेखि मतदाताको न्यून उपस्थिति थियो।

दिउँसो दुई बजेदेखि मतदान स्थलमा मतदाता छैनन्। सत्ताधारी नेकपाका उम्मेदवार जनकबहादुर बुढा र नेपाली कांग्रेसका उम्मेदवार कलम रोकाले पनि मतदान गरिसकेका छन्। 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको आस्थावान मतदाताले मतदानमा भाग नलिएपछि न्यून मतदान हुने अनुमान गरिएको थियो। साँझ ५ बजेसम्म पनि मत बढ्ने अवस्था छैन। 

विप्लव नेतृत्वको नेकपा आस्थावान स्थानीय नेता कार्यकर्ता मतदान स्थल नजिकै आएपनि मत दिएनन्। विप्लवको नेतृत्वको नेकपाले २०७४ सालको स्थानीय चुनाव बहिस्कार गरेपनि थबाङका नेता कार्याकर्ताले स्वतन्त्रबाट कांग्रेससँग गठबन्धन गरी चुनावमा भाग लिएका थिए। 

 नम्बर वडामा स्वतन्त्र उम्मेदवारको प्यानल नै विजयी भएको थियो। वडा अध्यक्ष फर्कबहादुर बुढाको २०७६ असार ६ गते मस्तिष्क घातका कारण निधन भएपछि उप चुनाव भएको हो।

कार्यवाहक अध्यक्ष बनेका भद्रकुमार झाँक्रीले सदस्यबाट राजीनामा दिएर अध्यक्षमा उम्मेदवारी दिएका थिए। निर्विरोध नबनाएको भन्दै उनले कार्तिक ३० गते उम्मेदवारी फिर्ता लिएका थिए। 

त्यस लगत्तै स्वतन्त्र दुई सदस्यले पनि राजीनामा दिएका थिए। विप्लव आस्थावान स्वतन्त्र जनप्रतिनिधिको राजीनामासँगै थबाङमा चुनाव बहिस्कारको रणनीति अघि सारिएको थियो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.