थबाङमा मतदान सम्पन्न

थबाङमा मतदान सम्पन्न

रोल्पा : थबाङमा गाउँपालिका-१को उपनिर्वाचनमा १६.४ प्रतिशत मात्र खसेको छ। १ हजार  २७४ मतदाता रहेको १ नम्बर वडामा २ सय ९ मात्र मत खसेको मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले जानकारी दिएका छन्।

१ सय १२ पुरुष र ९७ महिला मतदाताले मत दिए। पन्चायतदेखि कहिले शून्य मतदान हुने त कहिले शत प्रतिशत मतदान हुने यहाँ यसपटक न्यून मत खसेको हो। बिहानैदेखि मतदान स्थलमा मतदाताको न्यून सहभागीता थियो। बेलुका पाँच बजेसम्म मतदानका लागि समयसिमा थियो।

मतदान केन्द्रको लाइनमा मतदाता नभएकाले पाँच बजे नै मुचुल्का उठाइएको छ। 'आजै बेलुका ६:३० बजे साविक थबाङ गाविसको हलमा मत गणना गर्ने सर्वदलीय सहमति गरिएको छ', मुख्य निर्वाचन अधिकृत ज्ञवालीले भने। दिउँसो दुई बजेदेखि मतदान स्थलमा मतदाता फाट्टफुट्ट मात्र आए। सत्ताधारी नेकपाका उम्मेदवार जनकबहादुर बुढाले बिहानै मतदान गरेपनि नेपाली कांग्रेसका उम्मेदवार कलम रोकाले दिउँसो मतदान गरे। 

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको आस्थावान मतदाताले मतदानमा भाग नलिएपछि न्यून मतदान भएको छ। उनीहरुले मतदान नगर्न घर/घरमा भेटघाट गरेको बुझिएको छ। चुनावको दिन विप्लव नेतृत्वको नेकपाको आस्थावान नेता कार्यकर्ता मतदानस्थल वरिपरि आएका थिए। तर, मतदान दिएनन्। 

विप्लव नेकपा नेता अमित घर्तिमगरकी दिदी मतदानस्थलमा आएर पक्राउ परेका भाइ लगायत थबाङी विप्लव नेकपाका नेता र कार्यकर्तालाई सरकारले छाड्नु पर्ने माग राखेकी थिइन्। उनको रुवाईले मतदान स्थलमा केहीबेर तनाव उत्पन्न भएको थियो। नेकपाका नेता अमित  स्थानीय तहको चुनावमा कांग्रेससँग गठबन्धन गरी गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका थिए। यद्यपि उनी पराजित भएका थिए। उनी एक महिनाअघि पक्राउ परेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.