दुई किलो चरेससहित एक पक्राउ

दुई किलो चरेससहित एक पक्राउ

रूकुम : लागुऔषध चरेससहित रूकुमपूर्वमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको भूमे गाउँपालिका–२ खावाङका पूर्णबहादुर पुनमगरलाई करिब दुई किलो चरेससहि पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । 

उनका साथबाट एक किलो आठ सय ग्राम लागुऔषध चरेस फेला परेको जिल्ला प्रहरी कार्यालय रूकुमपूर्वका प्रमुख प्रहरी नायव उपरीक्षक योगेन्द्र खड्काले जानकारी दिए ।

पूर्णबहादुरले आफ्नै घरमा चरेस राखेको गोप्य सूचनाको आधारमा उनको घरमा खोजतलासी गर्दा लुकाई राखेको अवस्थामा शुक्रबार राति फेला परेको डीएसपी खड्काले बताए । पक्राउ परेका उनलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत जिल्ला अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.