छतारामा ७ सय २७ मत खस्यो

छतारामा ७ सय २७ मत खस्यो

बाजुरा : बाजुरा जिल्लाको त्रिवेणीनगरपालिका-१ छतारामा रहेको छतारादेवी आधारभूत विद्यालयमा भएको उपनिर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय त्रिवेणीले जनाएको छ।

शनिबार बिहान ७ बजे सुरु भएको मतदानमा मतदाताले उत्साहका साथ सहभागी भएका मतदाताले ५ बजेसम्म मतदान गरेको मदतान अधिकृत भोलाराज रेग्मीले जानकरी दिए। 

वडामा रहेका  १ हजार ३९ जना मतदाता मध्ये ७ सय २७ मत खसेको निर्वाचन अधिकृत रेग्मीले बताएको छ। रेग्मीका अनुसार ३ सय ४४ पुरुष र ३ सय ८३ महिलाले मतदान गरेको छन्। ३ सय १२ मतभने खस्न सकेन। 

तत्कालीन वडाध्यक्ष खम्म नेपालीको २०७५ असार १३ गते जीप दुर्घटना मृत्यु भएको थियो। मतपत्र मुख्य निर्वाचनको कार्यालयमा त्रिवेणी नगरपालिकामा ल्याइएको छ।सर्वपक्षीय सहमतिपछि ७ बजेबाट मत गणना सुरु हुने सहायक मतदान अधिकृत लोकबहादुर रावलले जानकारी दिए। 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.