बागलुङमा भ्यान दुर्घटना, १३ विद्यार्थी घाइते

बागलुङमा भ्यान दुर्घटना, १३ विद्यार्थी घाइते

बागलुङ : जिल्लाको कुश्मिसेरामा भ्यान दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। जिल्लाको जैमिनी नगरपालिका-१ कुश्मिसेराको टारस्थित डाङ्गेपानी भन्ने ठाउँमा ध १ ज २०७ नम्बरको भ्यान दुर्घटना भएको हो। 

घाइते हुनेहरुमा धौलागिरी पोलिटेक्निकल ईन्स्टिच्युट बलेवाका विद्यार्थी र शिक्षक रहेका छन्। उनीहरु सबै बरेङ गाउँपालिकाको बाराकोटमा पशु स्वास्थ्य शिविर गरेर फर्किने क्रममा भ्यान दुर्घटना भएको कुश्मिसेरा प्रहरी चौकीका प्रमुख अमृत मगरले जानकारी दिए। 

दुर्घटना हुनासाथ कुश्मिसेरा प्रहरी र स्थानियहरुले घाइतेहरुलाई तत्काल उद्दार गरी कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरि धौलागिरी अञ्चल अस्पताल बागलुङ ल्याइएको छ। गाडी तिब्र गतिका कारण घुम्तीमा मोड्न नसक्दा अनियन्त्रीत भएर दुर्घटना भएको यात्रुहरुले बताएका छन्। गाडी दुर्घटना भएर सडकको भित्तापट्टी पल्टिएको छ भने चालक फरार रहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.