थवाङमा नेकपा विजयी : कांग्रेसको २६ मत

थवाङमा नेकपा विजयी : कांग्रेसको २६ मत

रोल्पा : थबाङमा गाउँपालिका–१को उपनिर्वाचनमा नेकपा विजयी भएको छ । नेकपाका वडाअध्यक्ष उम्मेदवार जनकबहादुर बुढा एक सय ७४ मतसहित विजयी भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कलम रोकाले २६ मत ल्याएका छन् । २०९ मत खसेकोमा ९ मत बदर भएको प्रमुख निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले जानकारी दिए।

थवाङमा १६.४ प्रतिशत मात्र खसेको थिो । १ हजार  २७४ मतदाता रहेको १ नम्बर वडामा २ सय ९ मात्र मत खसेको हो । १ सय १२ पुरुष र ९७ महिला मतदाताले मत दिए। पन्चायतदेखि कहिले शून्य मतदान हुने त कहिले शत प्रतिशत मतदान हुने यहाँ यसपटक न्यून मत खसेको हो। 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको आस्थावान मतदाताले मतदानमा भाग नलिएपछि न्यून मतदान भएको छ। उनीहरुले मतदान नगर्न घर–घरमा भेटघाट गरेको बुझिएको छ। चुनावको दिन विप्लव नेतृत्वको नेकपाको आस्थावान नेता कार्यकर्ता मतदानस्थल वरिपरि आएका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.