भारतीय नक्साविरुद्ध विप्लव नेकपाले सङ्घर्ष गर्ने
काठमाडौं : नेत्रवक्रम चन्द 'विप्लव' नेतृत्वको प्रतिबन्धित नेकपाले भारतीय राजनीतिक नक्साविरुद्ध आन्दोलन गर्ने भएको छ। कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो नक्सामा समावेश गरेको भन्दै नेकपाले दोस्रो चरणका संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो।
नेकपाका प्रवक्ता प्रकाण्डले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भारतीय हस्तक्षेप विरुद्ध संघर्षका नयाँ कार्यक्रमहरु सार्वजनिक गरेको जानकारी दिएका हुन्। विज्ञप्तिमा मङ्सिर १५ गते देखी २६ गतेसम्मका कार्यक्रमहरु सार्वजनिक गरिएको छ। संघर्षका कार्यक्रमहरु अन्तर्गत जुलुस प्रदर्शन, अन्तरक्रिया, सिमा बचाउ अभियानद्वारा जारी नक्सा प्रचार तथा नक्सा प्रदर्शन, भारतीय दुतावास अगाडी प्रदर्शन, ज्ञापनपत्र बुझाउने र साहित्यिक कार्यक्रम रहेका छन्
प्रकाण्डको विज्ञप्ति हेर्नुस् :