बैतडीमा ६६ प्रतिशत मत खस्यो : ९९ वर्षीय वृद्धले गरे मतदान

बैतडीमा ६६ प्रतिशत मत खस्यो : ९९ वर्षीय वृद्धले गरे मतदान

बैतडी : बैतडीका ३ वडामा भएको उपनिर्वाचनमा ६६ प्रतिशत मत खसेको छ। तीनओटै वडामा ४ हजार ३३६ मतदाता रहेकोमा दुई हजार ८ सय ६६ मत खसेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ। 

बैतडीको दोगडाकेदार गाउँपालिका ४, सुर्नया गाउँपालिका १ र पुर्चौंडी नगरपालिका ४ मा उपनिर्वाचन भएको हो। दोगडाकेदार गाउँपालिका ४ को केदार मावि (क) केन्द्रमा ६१६ मतदाता रहेकोमा १८६ महिला र १९१ पुरुष गरी ३७७ जनाले मतदान गरेका छन्। 

यस्तै केदार मावि (ख) केन्द्रमा ६१३ मतदाता रहेकोमा २१९ महिला १६७ पुरुष गरी ३८६ जनाले मतदान गरेका छन्। यस्तै दोगडाकेदार ४ कै हुनैनाथ आधारभूत विद्यालय केन्द्रमा ५७९ मतदाता रहेकोमा १८३ महिला र १५२ पुरुषले मतदान गरेका छन्। 

यसरी दोगडाकेदार गाउँपालिका ४ मा १ हजार ८०८ जना मतदाता रहेकोमा १ हजार ९८ जनाले मतदान गरेका मतदान अधिकृत भानदेव जोशीले जानकारी दिए। 

यस्तै सुर्नया गाउँपालिका १ मा ६१९ मतदाता रहेकामा २२८ महिला र २१० पुरुष गरी ४३८ जनाले मतदान गरेको मतदान अधिकृत मायादेवी जोशीले जानकारी दिइन्। 

यस्तै पुर्चौंडी नगरपालिका ४मा १ हजार ९०९ जना मतदाता मध्ये १ हजार ३३० जनाले मतदान गरेका छन्। पुरचौंडी ४ को पहरोल मावि बागा केन्द्रमा मा ३६५ महिला र ३२७ पुरुष गरी ६९२ जनाले मतदान गरेका छन्। 

यस्तै पुरचौंडी ४ कोमहादेव मावि सिबाबो केन्द्रमा ३१३ महिला र ३२५ पुरुष गरी ६३८ जनाले मतदान गरेका छन्। 

जिल्लाभरी उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । मतदान केन्द्रबाट मतपेटिका ल्याउने क्रम जारी रहेकाले निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका पुगेपछि मात्रै मतगणनाका बिषयमा निर्णय हुने उनले बताए। बैतडीमा ३ जना वडा अध्यक्षका लागि ८ जना चुनावी मैदानमा छन्।
 सुर्नया १ मा मतदानका लागि जाँदै गरेका ९६ वर्षीय महावीर चन्द। तस्बिर : भगीरथ अवस्थी
 

९९ वर्षीय वृद्धले गरे मतदान 
बैतडीमा सम्पन्न उपनिर्वाचनमा एक ९९ बर्षीय बुद्धले पनि मतदान गरेका छन्। पुर्चौडी नगरपालिका ४ मा रहेको महादेव मावि सिबावो मतदानस्थलबाट स्थानीय ९९ वर्षीय विरुवा धानुकले मतदान गरेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए।  

धानुकले शनिबार साढे १ बजे मतदान गरेका हुन्। मतदानमा सहभागी बुद्धले आफूले देशविकासको लागी लागीपर्ने उम्मेदवारलाई मतदान गरेको बताएका छन्। उनले भने, ‘मतदानबाट राम्रो नेतृत्व आओस भनेर मतदान गरेको हुँ।’
यस्तै सुर्नया गाउँपालिका १ मा रहेको साविकको गाविस भवन गुर्केली मतदानकेन्द्रबाट स्थानीय ९६ बर्षीय महाबीर चन्दले पनि मतदान गरेका छन्।  उनले बिहान ११ बजेर ३७ मिनेटमा मतदान गरेका हुन्। 

दोगडाकेदार गाउँपालिका ४ को  श्रीकेदार मावि पिपलकोटबाट  ९१ वर्षीया पार्वती भट्टले  पनि मतदान गरेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.