विकासको लागि पहिलो मतदान

विकासको लागि पहिलो मतदान

विराटनगर : मोरङको धनपालथानमा शनिबार सम्पन भएको उपनिर्वाचनमा पहिलो पटक मतदान गरेका युवायुवती परिवर्तनको लागि मतदान गरेका बताएका छन्  ।

उनीहरुले समाजमा परवर्तन गर्न सकिने उम्मेदवारलाई मतदान गरेको बताए । राजनीतिक दलका उम्मेदवार भन्दा समाजमा रहेका विकृति हटाउने र विकास गर्ने सकिने उम्मेदवारलाई पहिलो पटक गरेको मत दिएको उनीहरुले बताएका छन् ।

धनपालथान गाउँपालिका २ का १९ वर्षीया मंन्द्रिका मण्डलले मतदान गर्न पाएकोमा खुशी भएको बताइन्। उनले समाजमा रहेको विकृति र विकास गर्ने जनप्रतिनिधि चुन्न आफूखुशी मतदान गरेको सुनाइन् ।

पार्टी नहेरेर युवाको भावना अनुसार विकास गर्न सक्षम लागेका पार्टीका उम्मेदवारलाई मतदान गर्न पाएकोमा खुशी लागेको बताइन् । उनले भनिन्, ‘म आफूलाई भाग्यमानी ठान्छु,  देशको संघीय व्यवस्थाको पहिलो उप चुनावमा भोट हालेर सही नेता छान्ने मौका पाएकी  छु, त्यसैले भोट हाल्न आएकी हुँ ।’
 
घरपरिवारका सदस्य भोट हाल्न गएको, लाइन बसेको देखेपनि प्रत्यक्ष रुपमा पहिलो पटक भोट हाल्ने अवसर आएको बताउँदै धनपाल २ का अविनास साहले अधिकारको सदुपयोग गरेको बताए  । ‘पहिलो पटक मतदान गरेको छु, मतदान कसरी गर्ने भन्ने पनि सिकेको छु, । बिहानै गएर मतदान गरेको छु’, उनले भने, ‘पहिलो पटक मतदान गर्ने साथीबीच बदर नहुने गरी कसरी मतदान गर्ने भन्नेबारेमा पनि छलफल भएको छ ।’

नयाँ मतदाता अधिकांश १८ देखि २० वर्ष उमेरका छन् । मतदान गर्ने रहर यसपटकको निर्वाचनले पूरा गर्ने युवा मतदाताहरु अरुको लहलहैमा नभई आफ्नै स्वविवेक प्रयोग गरेर मतदान गरेको बताउछन्। नयाँ मतदाताहरु अरुको डर, धम्की, लोभ वा प्रलोभनमा नपरी विकास गर्न सक्ने नेतालाई मतदान गर्ने उनीहरु बताउँछन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.