लमजुङको सुन्दरबजारमा नेकपाका नवीन विजयी

लमजुङको सुन्दरबजारमा नेकपाका नवीन विजयी

बेंसीसहर : लमजुङको सुन्दरबजार नगरपालिका वडा नं २ को वडाअध्यक्ष पदमा नेकपाका उम्मेदवार नवीन कुमार श्रेष्ठ विजयी भएका छन् ।

९ सय ८९ मत प्राप्त गरी श्रेष्ठ विजयी भएका हुन् । उनका प्रतिद्वन्दी नेपाली काँग्रेसका प्रकास सेढाईले ४ सय ८४ मत ल्याएका छन् । राप्रपाका पवनराज बसौलाले १६, मंगल नेसनल अर्गनाइजेसनका राम्जी दर्जीले ८, काँग्रेसबाट छुट्टिएर बनेको स्वतन्त्र समूहका तर्फबाट उम्देवार बनेका कृष्णबहादुर केसीले १२ मत प्राप्त गरेका छन् ।

१२ मत बदर भएको छ । लमजुङमा भएको निर्वाचनमा ६६ दशमलव २६ प्रतिशत मतदान भएको थियो । दुई वटा मतदानस्थलको तीनवटा मतदान केन्द्रमा गरी १ हजार ५ सय २३ मत खसेको हो ।

यहाँ कुल २ हजार २ सय ९७ मतदाता थिए । महेन्द्र मन्दिर माविको मतदान केन्द्र क ४ सय ३६, मतदान केन्द्र ख मा ४ सय १८ र कान्ति मन्दिर मतदान केन्द्रमा ६ सय७लदकउस ६ जनाले मतदान गरेका छन् । मतदानमा महिला ८ सय ६२ र पुरूष ६ सय ६१ जनाले मतदान गरे ।

यसअघि वडाअध्यक्ष पदमा निर्वाचित नेकपाका लोकराज पाण्डे जिल्ला समन्वय समितिमा निर्वाचित भएपछि वडा अध्यक्ष पद खाली रहेको थियो । वडा अध्यक्ष पदका लागि नेकपाको तर्फबाट नवीनकुमार श्रेष्ठ, कांग्रेसका तर्फबाट प्रकाश सेढाइँ, राप्रपाका पवनराज बसौला, मंगोल नेशनल अर्गनाइजेशन पार्टीका रामजी दर्जी र काग्रेसबाट छुट्टिएर बनेको स्वतन्त्र समूहका तर्फबाट कृष्णबहादुर केसीले उमेद्वार रहनु भएको थियो । वडामा २ हजार १ सय २४ मतदाता रहेकोमा उपनिर्वाचनमा मतदाता संख्या २ हजार २ सय ९७ पुगेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.