हुम्लामा मतगणना अनिश्चित

हुम्लामा मतगणना अनिश्चित

सुर्खेत : हुम्लाको खार्पुनाथ गाउँपालिकामा अझै मतगणना हुन सकेको छैन । ग्रामिण क्षेत्रबाट गाउँपालिका केन्द्रमा मतपेटिका पुर्‍याउन ढिलाई भएपछि सर्वदलीय बैठक बस्न नसक्दा मतगणना हुन नसकेको हो । मतगणना सुरु गर्नका लागि आइतबार बिहान ८ बजेपछि सर्वदलीय बैठक बस्ने तयारी भएको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले जानकारी दिए । मतगणनाका लागि अहिले छलफल भईरहेको शर्माले बताए । 

हुम्लाको खार्पुनाथ गाउँपालिका ८४ प्रतिशत मतदान भएको छ । कुल ३३८७ मतदाता रहेको खार्पुनाथमा २८७९(८४.७ प्रतिशत ) मत खसेको छ । गाउँपालिका उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा तीन राजनीतिक दलका उम्मेद्‍वार प्रतिस्पर्धामा छन् । जसमा नेपाली कांग्रेसबाट तारा शाही, नेकपाबाट रुपा शाही र राप्रपा संयुक्तबाट दीपबहादुर शाही रहेका छन् । गत असार ३ गते कर्णाली नदीमा भएको जीप दुर्घटनामा उपाध्यक्ष सिन्दु हमाल शाहीको मृत्यु भएपछि यहाँ उपनिर्वाचन भएको ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.