सुनसरीमा एम्बुलेन्स र ट्रक ठोक्किदा ७ जनाको मृत्यु

सुनसरीमा एम्बुलेन्स र ट्रक ठोक्किदा ७ जनाको मृत्यु

सुनसरी : सुनसरीमा एम्बुलेन्स र ट्रक ठोक्किदा ७ जनाको ज्यान गएको छ । शनिबार राति १२:२० बजेको समयमा सुनसरीको कोशी गाउँपालिकास्थित हरिपुरमा भएको सवारी दुर्घटना ७ जनाको घटनास्थलमै ज्यान गएको प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख भिम दाहालले जानकारी दिएका छन्।

पूर्वपश्चिम-राजमार्गस्थित हरिपुरमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्स वीरगन्जबाट पूर्वतर्फ आउँदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो। मृत्यु हुने सातै जना एम्बुलेन्समा सवार रहेको प्रहरीले जनाएको छ । एम्बुलेन्स पूर्णरुपमा क्षति पुगेको छ । 

प्रहरीका अनुसार ज्यान गुमाउनेमा त्रियुगा नगरपापलिका उदयपुरका राजेश दनुवार, दुर्गाधन राई, टेकेन्द्र राई, तुलाबहादुर राई, मुकेश राई, दिनेश राइ र शिवमाया राई रहेका छन् ।  मृतक सबैको शव सुनसरी सदरमुकामस्थित इनवरुवा अस्पतालमा ल्याइएको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.