बारागढी-१ मा समाजवादीका सुरेश चौधरी विजयी
बारा : बाराको बारागढी गाउँपालिका–१ मा समाजवादी पार्टीका सुरेश चौधरी निर्वाचित भएका छन्। चौधरीले ७४९ मत ल्याए। नेकपाका उम्मेदवार शंकरप्रसाद चौधरीभन्दा ७७ मत बढी ल्याएर निर्वाचित भएका हुन्। नेकपाका उम्मेदवार चौधरीले ६७२ मत प्राप्त गरे।
नेपाली कांग्रेसकी तस्विरीया थरूनीले ४७१ मत प्राप्त गरेकी छिन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा उनका श्रीमान् नन्दलाल राय थारू कांग्रेसबाट निर्वाचित भएका थिए। नन्दलालको मृत्यु भएपछि उपनिर्वाचनमा तस्विरिया उम्मेदवार बनेकी थिइन्।
तगणना अनुसार राष्ट्रिय जनता पार्टी (राजपा) का वैधनाथ चौधरीले २४ मत, नेपाल जनता पार्टीका वीरेन्द्रप्रसाद राय थारूले ९, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) की रामपतिदेवीले ५, नेपाल जनता पार्टीका नेपाल लोकतान्त्रिक पार्टीका विहारी साह तेलीले ५ मत, सिके राउत नेतृत्वको जनमत पार्टीका शंकरप्रसाद चौधरीले ३ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवारले नरेश पासवानले एक मत पनि ल्याउन सकेनन्।
कुल दुई हजार तीन सय ६६ मतदाता रहेको बारागढीमा एक हजार ९ सय ५६ मत खसेको थियो। जिल्ला निर्वाचन कार्यलय बाराका प्रमुख मनिषकुमार साहका अनुसार १८ मत बदर भएको छ।