भ्रमण वर्ष २०२० : प्राथमिकतामा खेल पर्यटन

भ्रमण वर्ष २०२० : प्राथमिकतामा खेल पर्यटन

काठमाडौं : नेपाल भ्रमण वर्ष २०२० ले खेल पर्यटनलाई प्राथमिकता दिएर कार्यक्रम तय गरिरहेको छ। नेपाल साहसिक तथा अन्य खेल पर्यटनको आकर्षक गन्तव्य हुने निष्कर्ष निकाल्दै भ्रमण वर्ष सचिवालयले खेल पर्यटनलाई प्राथमिकता दिएको नेपाल भ्रमण वर्ष २०२० सचिवालयले जानकारी दिएको छ।

सचिवालयका अनुसार सन् २०२० मा गर्ने कार्यक्रमका लागि चालु आव २०७६/७७ को बजेटबाट कार्यक्रम तय गरिसकेको छ। आगामी वर्ष हुने यस्ता कार्यक्रमका लागि बजेट र गतिविधि पनि थप हुँदै जाने सचिवालयको भनाइ छ। भ्रमण वर्ष प्रवद्र्धन गर्न र साहसिक पर्यटनमा गतिविधि बढाउन खेलकुदका गतिविधि सन् २०२० को हरेक महिना नै गर्ने गरी तय भइरहेको भ्रमण वर्षका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले जानकारी दिए।

उनका अनुसार भ्रमण वर्ष प्रवद्र्धन गर्न विभिन्न पर्यटकीय गतिविधि हुनेछन्। यस्तो गतिविधिमा खेल पर्यटन पनि प्राथमिकतामा छ। भ्रमण वर्षलाई नै दृष्टिगत गरेको विश्वकै लामो रिभर र्‍याफ्टिङ कर्णालीमा हुँदै छ। यसले नेपालको प्रवद्र्धन गर्ने र खेल पर्यटनको विकास गर्ने दाबी पनि सचिवालयको छ।

भ्रमण वर्षलाई नै दृष्टिगत गरेर आगामी सन् २०२० को अगस्टको अन्तिम साता नेपालमा अन्तर्राष्ट्रिय एडभेन्चर टुरिजम मार्ट गरिने भएको छ। यसका निम्ति सरकारसँग आवश्यक सहकार्य गर्ने गरी तयारी भइरहेको पनि ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले बताए। उनका अनुसार नेपालले पहिलोपटक आयोजना गर्ने यस्तो मेला सरकारी निकाय र टानको संयुक्त आयोजनामा गर्ने गरी तयारी भएको छ। आवश्यक तयारीका साथ मार्टको औपचारिक मिति घोषणा हुने पनि सुवेदीले अन्नपूर्णलाई जानकारी दिए।

धेरै पर्यटकीय गतिविधि हुने, साहसिक पर्यटनको गन्तव्यसहित पर्यटक आकर्षण गर्ने स्थानको रूपमा पोखरा रहेकाले सोही ठाउँमा मार्ट गर्ने गरी तयारी भएको टानले जानकारी दिए छ। मेलामा अन्तर्राष्ट्रिय प्रतिनिधि निम्त्याउने, बीटूबी गर्ने, अपरेटर्ससँगको सहकार्य, ब्लगर सम्मेलन गर्ने सहितको कार्यक्रम हुने भएको छ।

भ्रमण वर्षलाई नै दृष्टिगत गरेर सन् २०२० को नोभेम्बरमा संसारको लामो र्‍याफ्टिङ प्रतियोगिता हुने भएको छ। यो प्रतियोगिताका लागि विश्वभरबाट सहभागी आह्वान गरिएको कार्यक्रम आयोजक संस्था नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)का अध्यक्ष गंगाप्रसाद नेपालले भने। उनका अनुसार कम्तिमा २० वटा समूह बनाएर हुने यो प्रतियोगिताका लागि तीन महिना अगाडि नै अन्तिम नामावाली संकलन गरिनेछ।

कर्णाली नदीमा हुने यो कार्यक्रम राकम कर्णालीदेखि चिसापानीसम्मको २४२ किमि दूरीमा हुनेछ। यो कार्यक्रमले नेपाललाई विश्व स्तरमा नै ब्रान्डिङ गर्ने र नेपालको साहसिक पर्यटन प्रवद्र्धन गर्न थप सहयोग पुग्ने दाबी नाराका अध्यक्ष नेपालले बताए। नाराले यो कार्यक्रम भ्रमण वर्ष २०२० सँगको सहकार्यमा गर्ने तय भएको छ। यो कार्यक्रमको व्यवस्थापन जिम्मा नाराले पाएको छ।

‘भ्रमण वर्षमा बढीभन्दा बढी पर्यटक भिœयाउन विविध पर्यटकीय गतिविधि गर्नु पर्ने हुन्छ। यसका विदेशी पर्यटक नेपालमा आकर्षित गर्न पनि विभिन्न साहसिक पर्यटकीय गतिविधि आवश्यक देखिएको छ’, सुवेदीले भने।

नेपालको साहससिक पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उपयुक्त माध्यम पनि साहसिक पर्यटककै गतिविधि भएको टानको भनाइ छ। पर्वतारोहण, टे«किङ, राफ्टिङ, कायाकिङ, बन्जि, प्याराग्लाइडिङ, एभरेस्ट स्काइ डाइभिङसहितका गतिविधि विश्वकै अनुपम नमुना भएको देखाउन पनि यस्तो गतिविधि आवश्यक भएको जानकारी पनि सुवेदीले दिए।

साहसिक मार्टको आयोजना टानले सरकार, पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, विभिन्न निजी क्षेत्रका संघ संस्थासँगको सहकार्य गर्ने गरी कार्यक्रम तय गरेको छ। पर्यटन भनेको एकदेखि अर्को निकायसँगको साथ सहयोग र समन्वयमा हुने भएकाले पनि अन्तरनिकाय समन्वय आवश्यक रहेको टानको भनाइ छ। पर्यटनमा हुने हरेक नयाँ गतिविधिको प्रवद्र्धन एकदेखि अर्को पर्यटकीय निकायसम्मको सहयोग आवश्यक हुने भएकोले सुरुदेखि नै समन्वय हँुँदा सकारात्मक सन्देश जाने पनि टानका अध्यक्ष सुवेदी बताउँछन्।

भ्रमण वर्ष सचिवायका अनुसार साहसिक पर्यटनका अन्य गतिविधि र सम्बन्धित निकायका कार्यक्रमलाई पनि थप गर्दै जान सकिन्छ। अहिले तय भएका विभिन्न कार्यक्रममा आगामी आवमा आउने कार्यक्रममा पनि तय गरिनेछ। अहिले तय भएका कार्यक्रमा पनि चालू आवसम्मको बजेट र सरकारले प्रतिबद्धता गरेका कार्यक्रमा आधारमा तय भएको हो। भ्रमण वर्षलाई ६१ करोड ७४ लाख रुपैयाँको बजेट तय गरिएको भए पनि सरकारी प्रतिबद्धता भने जम्मा २५ करोडको मात्रै छ। यसबाहेकका कार्यक्रम गर्दै जाने र सरकारले आवश्यक रकम विनियोजन गर्नै उल्लेख छ। भ्रमण वर्ष सफल बनाउन सरकारले सहजीकरण गर्ने भएकाले सोही अनुसारको उत्साहका साथ काम भइरहेको पनि भ्रमण वर्ष सचिवालको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.