बागलुङ २ मा मतगणना सुरु

बागलुङ २ मा मतगणना सुरु

बागलुङ : जिल्लाको क्षेत्र नम्बर २ को प्रदेश 'ख' मा उपनिर्वाचनको मतगणना सुरु भएको छ।मध्यान्ह १२:४० बजेदेखि सुरु भएको मतगणनामा दुई स्थानमा गणनाको व्यवस्था गरिएको छ। कुल ३५ हजार १ सय ८४ मतदाता रहेको बागलुङमा यस पटक २१ हजार ४ सय मत खसेको छ । अघिल्लो निर्वाचनमा ६५ प्रतिशत मत खसेको थियो । आज राती अबेरसम्ममा अन्तिम मत परिणाम आउने जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले जानकारी दिए ।  

यस क्षेत्रको गण्डकी प्रदेश सभा सदस्य र वडा अध्यक्ष दुवैमा मुख्य रुपमा बाम गठबन्धन र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता बागडोर सम्हालेको मुलुकको पहिलो पार्टी बनेको नेकपाको प्रदेश सभा सदस्यतर्फ आफ्नो उम्मेदवार छैन । नेकपाले केन्द्रीय तहबाटै राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमबिक्रम शाहीलाई समर्थन जनाएर बाम गठबन्धन बनाएको थियो ।

नेपाली कांग्रेसले अघिल्लो निर्वाचनमा पराजय बेहोरेका जीत शेरचनलाई चुनावी मैदानमा उतारेको छ । यस क्षेत्रमा २०७४ को प्रदेश सभा निर्वाचनमा साविकको नेकपा एमाले र माओवादी केन्द्रको समर्थनमा बामगठबन्धनबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीले ११ हजार ८ सय ८४ मत प्राप्त गरि बिजयी भएका थिए। 

घर्तीका प्रत्यासी कांग्रेसका शेरचनले ८ हजार ६ सय ६४ मत प्राप्त गरेका थिए।उक्त चुनावमा ३ हजार २ सय ६० मतको अन्तर आएको  थियो। प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि जिल्लाबाट ८ राजनीतिक दल र दुई स्वतन्त्रसहित १० उम्मेदवार चुनावी मैदानमा छन् । 

सत्तारूढ नेकपा र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवारका रुपमा राजमोका खिमविक्रम शाही, नेपाली काँग्रेसबाट जीतबहादुर शेरचन, समाजवादी पार्टीबाट अशोककुमार विक र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बाट नीमबहादुर भण्डारी उम्मेदवार छन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुँवर, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मित्रबहादुर मगर र स्वतन्त्र उम्मेदवारका रुपमा सन्तोष भण्डारी चुनावी मैदानमा छन् ।

नेकपाबाट बागी उम्मेदवारी दिएका घर्तीले अन्तिम समयमा सार्वजनिक वत्तव्य मार्फत उम्मेदवारी फिर्ता लिए पनि चुनाव चिन्ह क्लिप छ । जसमा केही समूहले फरको जिल्लाको माग सहित मत मागेको छ । 

अहिले प्रदेश सभा सदस्यको निर्वाचन क्षेत्रमा ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिका छन् । जसमध्ये ढोरपाटनमा साविकको एमालेले जीत हाँसिल गरेको थियो भने निसी र तमानमा कांग्रेसले जितेको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.