हुम्ला खार्पुनाथमा कांग्रेस अगाडि

हुम्ला खार्पुनाथमा कांग्रेस अगाडि

सुर्खेत : हुम्लाको खार्पुनाथ गाउँपालिकामा मत गणना सुरु भएको छ । राजनैतिक दलका प्रतिनिधि र निर्वाचन टोलीबीच मत गणनाको विषयमा सामान्य विवाद हुँदा मतगणना हुन सकेको थिएन । दलका प्रतिनिधिले मतदान केन्द्रअनुसार मतगणना हुनुपर्छ भन्ने दावी गरेपछि निर्वाचन टोलीले नियम अनुसार कम्तीमा दुईवटा मतदान केन्द्रको मत मिसाएर गणना गर्ने अडान लिएका थिए । 

शनिबार मतदान सम्पन्न पछि मतदान स्थलबाट गाउँपालिका केन्द्रमा मतपेटिका पुर्‍याउन समेत ढिलाइ भएको थियो । लामो छलफल तथा सर्वदलीय बैठकको निर्णयपछि आइतबार दिउँसोबाट मतगणना सुरु भएको हो ।

जिल्ला निर्वाचन अधिकारी महेश शर्माका अनुसार पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार तारा शाही ४९ मतले अघि छन् । १३ सय ५१ मत गणना हुँदा उनले ६ सय ९६ मत प्राप्त गरेका छन् । नेकपाका उम्मेदवार रुपा शाहीले ६ सय ४७ र राप्रपा संयुक्तका उम्मेदवार दीपबहादुर शाहीले ४ मत प्राप्त गरेका छन् । 

त्यस्तै, ४ मत बदर भएको छ । कुल ३३८७ मतदाता रहेको खार्पुनाथमा २८७९(८४.७ प्रतिशत) मत खसेको थियो। यहाँ गाउँपालिका उपाध्यक्ष पदका लागि उपनिर्वाचन भएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.