प्यूठान उपनिर्वाचन : ऐरावती-१ मा नेकपा, २ मा स्वतन्त्र विजयी

प्यूठान उपनिर्वाचन : ऐरावती-१ मा नेकपा, २ मा स्वतन्त्र विजयी

प्यूठान : ऐरावती गाउँपालिकाको वडा नम्बर १ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उमेदवार द्रोणप्रसाद पाण्डे विजयी भएका छन्। शनिबार सम्पन्न मतगणना अनुसार निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अमंर रेश्मी मगरलाई ९ मतको अन्तरले पछि पार्दै उनी विजयी भएका हुन्। पाण्डेले ६ सय ९६ र मगरले ६ सय ८७ मत पाएका छन्। आइतबार दिउँसोमात्र मतगणना सकिएको हो। 

पाण्डे शिक्षक हुन्। अस्थायी शिक्षकमा कार्यरत उनी गत वर्षको चैतमा गोल्डेन ‘ह्याण्डचेक’ लिएर राजनीतिमा लागेका हुन्। 

४१ वर्षीय पाण्डेले प्लस टुसम्मको अध्ययन गरेका छन्। राष्ट्रिय नेपाल शिक्षक संगठन प्यूठानको जिल्ला सदस्यमा रहेर उनले काम गरेका थिए। पूर्वमाओवादी केन्द्रको केन्द्रीय आयोजक समिति सदस्यसमेत रहेका उनी गाउँमा सामाजिक संघ  संस्थाको नेतृत्व गरेको अनुभव छ। दुई वर्षदेखि उनी दाङवाङ स्वास्थ्यचौकी एम्बुलेन्स व्यवस्थापन समितिको अध्यक्षको रुपमा कार्यरत छन्। 

पार्टीले टिकट दिएन तर चुनाव जिते
पार्टीले राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गरेपछि आक्रोशित बनेका ऐरावती गाउँपालिका-२ नेनपानेका भिमेशकुमार घर्तीमगरले स्वतन्त्र उमेदरवारी घोषणा गरे। पार्टी केन्द्रीय कमिटीले गरेको निर्णय उनले उल्लंघन गरे। जिल्ला कमिटीले पनि मगरलाई नै सघायो। प्रतिस्पर्धी राजमोका भक्तबहादुर विकलाई उनले ३५१ मतले पछिपार्दै चुनाव जिते।

आइतवार सकिएको मतगणना अनुसार मगरले ८ सय ५५ मत पाएका छन्। ०७४ को स्थानीय तह निर्वाचनमा घर्तीमगर ११ मतले अध्यक्ष हुनबाट बञ्चित भएका थिए। पार्टीको आग्रहलाई वेवास्ता गरी उनीले यसपाली स्वतन्त्र उमेदवारी दिएका हुन्। 

अनेरास्ववियू (छैठौँ) बाट राजनीति थालेका उनी ०५२ मा धर्मोदय मावि जावुनेको इकाई समिति अध्यक्ष भएका थिए। सोही संगठनको उनी जिल्ला सदस्यमासमेत निर्वाचित भए। उनले गाउँकै जनकल्याण आधारभूत विद्यालयमा ११ वर्ष पढाएर ०७१ सालमा राजीनामा दिए। सोही विद्यालयको उनी हाल व्यवस्थापन समिति अध्यक्ष छन्।

घर्तीमगर पूर्व शिक्षकसमेत हुन्। हाल नेपाल आदिवासी जनजाती महासंघ प्यूठानको कार्यवाहक अध्यक्ष, नेपाल मगर संघ जिल्ला समिति प्यूठानको सचिव, प्रदेश समितिको सदस्य, रेडक्रस बरौला उपशाखा कोषाध्यक्ष र बरौला कृषि सहकारी संस्थाको अध्यक्ष पदमा क्रियाशिल छन्। 

वडाका दुर्गम क्षेत्रलाई पहिलो प्राथमिकतमा राखेर विकास निर्माणका कामको थालनी गर्ने उनले बताए। स्वतन्त्रबाट चुनाव जितेका घर्तीमगर नेकपामै रहने उनी निकट नेताले बताएका छन्। 
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.