बागलुङ-२ मा कांग्रेसको अग्रता कायमै

बागलुङ-२ मा कांग्रेसको अग्रता कायमै

बागलुङ : जिल्लाको क्षेत्र नम्बर २ को प्रदेश (ख) मा भएको उपनिर्वाचनको मतगणनामा कांग्रेसको सुरुवाती अग्रता कायमै छ। आइतबार मध्यान्हदेखि सुरु भएको मतगणनाको पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ। 

प्रारम्भित मत परिणाम अनुसार ढोरपाटन नगरपालिका-१ बुर्तिबाङ, निसीखोला गाउँपालिका १ देविस्थान र तमानखोला गाउँपालिका १ बोंगादोभानको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार जित शेरचनले १६ सय २७ मत प्राप्त गरेका छन्। वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका खिमबिक्रम शाहीले १५ सय ४६ मत प्राप्त गरेका छन्।

समाजवादी पार्टीका अशोक बिकले ८२, बागी उम्मेदवार शेरमान घर्तीको क्लिप चिन्हमा १५, स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारीले ७, राप्रपा संयुक्तका निमबहादुर भण्डारीले ८ मत प्राप्त गरेका छन्। ५७ मत बदर भएको छ। वडागत रुपमा तिनै स्थानीय तहको पालैपालो गणना गरिएको छ।  

कुल ३५ हजार १ सय ८४ मतदाता रहेको बागलुङमा यस पटक २१ हजार ४ सय मत खसेको छ। अघिल्लो निर्वाचनमा ६५ प्रतिशत मत खसेको थियो। आइतबार राति अबेरसम्ममा अन्तिम मत परिणाम आउने जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले जानकारी दिए।  

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.