आरुघाट र खहरेको मुआब्जा तोकियो

आरुघाट र खहरेको मुआब्जा तोकियो

धादिङ : लामो रस्साकस्सी पछि सरकारले बहुचर्चित जलाशयुक्त बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा तोक्न बाँकी रहेको आरुघाट तथा खहरे बजार क्षेत्रको मुआब्जा निर्धारण गरेको छ । आइतबार राती बसेको मुआब्जा निर्धारण समितिको बैठकले स्थानीयलाइ वितरण गरिने मुआब्जाको दररेट तोकेको हो।

जसअन्तरगत आरुघाट बजारतर्फ मुख्य सडकले छोएको ठाउँमा आनाको साढे २ लाखदेखि ७ लाख रुपैयाँसम्म, सहायक मार्ग भएका ठाउँमा आनाको २ लाख २५ हजारदेखि ३ लाखसम्म, गोरेटो बाटो भएका जग्गामा आनाको १ लाख ५० हजार र कुनैपनि प्रकारका बाटो नभएको जग्गामा आनाको ५० हजार रुपैयाँ तोकिएको मुआब्जा निर्धारण समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

निर्धारण गरिएको दररेट अनुसार धादिङको आरुघाट बजारको जग्गालाइ ९ किसिममा वर्गिकरण गरि छुट्टाछुट्दै दररेट कायम गरिएको छ । दररेटको सबै विस्तृत विवरण बुढीगण्डकी जलविद्युत आयोजनाअन्तर्गतको वातावरण, मुआब्जा वितरण तथा पुनःस्थापना इकाइको कार्यलयमार्फत सार्वजनिक हुने भएकाले आफूले उपलब्ध गराउन नसक्ने प्रजिअ तामाङले बताए ।

इकाइका प्रमुख कृष्ण कार्की भने संचारकर्मीसँगको सम्पर्क बाहिर रहेका छन् । मंगलबारको गोरखापत्रमा मुआब्जा वितरण सम्बन्धी सबै विवरण प्रकाशित गरिने भएकाले प्रकाशन गर्नका लागि कार्की मुआब्जा घोषणा गरेसँगै काठमाडौं गएको कार्यलय स्रोतले जानकारी दिएको छ।

डुवानमा पर्ने धादिङ र आरुघाट तर्फको बजार।

त्यस्तै धादिङको खहरे बजारतर्फ मुख्य सडकसँग जोडिएको १०० फिटसम्मको जग्गालाई आनाको ९० हजारदेखि १ लाख २० हजारसम्म मुआब्जा तोकिएको छ । त्यस्तै, १०० फिटको रेन्ज भन्दा बाहिरको जग्गालाई आनाको ५० हजार तोकिएको तामाङले जानकारी दिए ।

खहरे बजारतर्फ पनि डुवानमा पर्ने जग्गालाई ७ प्रकारको मुआब्जा दररेट राखिएको छ।यससँगै रुखविरुवा, पार्टीपौवा, घरगोठ सबैको छुट्टाछुट्टै मुआब्जा वितरण गरिने बुढीगण्डकी आयोजनाको मुआब्जा वितरण तथा पनुःस्थापना इकाइले जनाएको छ।

आरुघाट र खहरेबजार क्षेत्र बाहेक डुवानमा पर्ने अन्य क्षेत्रहरुको घरगोठ र बोटविरुवाको पनि लगत संकलन भइसकेको छ । आरुघाट र खहरे क्षेत्रमा भने मुआब्जा नतोकिएको भन्दै लगत संकलन गर्न समेत स्थानीयले अवरोध गरेका थिए।

नेपाल सरकारले घरगोठको मुआब्जा दिँदा ३० वर्षअघिसम्म निर्माण भएका घरहरुमा प्रतिवर्ष १ दशमलव ५ प्रतिशत देखि २ दशमलव ५ प्रतिशतसम्म ह्रास कट्टि गर्ने नियम छ तर डुवान क्षेत्रका घरगोठको मुआब्जा वितरण गर्दा पुनैपनि ह्रास कट्टि नगर्ने निर्णय गराउनको लागि मन्त्री परिषदमा लेखेर पठाइएको प्रजिअ तामाङले जानकारी दिए ।

'स्थानीयले सहयोग गरेको खण्डमा मुआब्जा वितरणका लागि हामीलाइ अब कुनैपनि समस्या छैन,' प्रजिअ तामाङले भने, 'अब तत्कालै नापजाँच गरेर मुआब्जा वितरणको काम थालिहाल्ने छौँ ।'

बुढीगण्डकी जलविद्युत आयोजनाको डुवानमा पर्ने क्षेत्रअन्तरगत धादिङ जिल्लातर्फ १ हजार ५० जना जग्गाधनीको, १ हजार ७ सय ७१ वटा घरको ९ लाख ७४ हजार ४ सय ६२ वर्गफिटको मुआब्जा वितरण गर्नुपर्ने देखिएको छ । त्यस्तै कुखरा बाख्राको खोर, धन्सार, पार्टी पौवा, शौचालयको सङ्ख्या भने २ हजार ९ सय ४६ वटा रहेका छन् । 

त्यस्तै, डुवान क्षेत्रभर ७ सय ८८ जना जग्गाधनीको ४ हजार ७ सय १७ वटा फलफुलको बोटविरुवा गणना भएको छ । फलफुलका बोटविरुवाहरु २३ प्रजातीका रहेको आयोजना कार्यलयले जनाएको छ ।

त्यस्तै १ हजार ७ सय ७६ जना जग्गाधनीको ब्यक्तिगत जग्गामा रहेको साल, सिसौ, हर्रो, सिमल, चिलाउने, खयर, उत्तिस लगायतका रुखविरुवाहरु १५ हजार ५ सय १० वटा गणना गरिएको छ । बोटविरुवाको प्रजाती भने ४९ प्रकारको रहेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.