अञ्जलीको विश्व कीर्तिमान

अञ्जलीको विश्व कीर्तिमान

पोखरा : १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा नेपालकी अञ्जली चन्दले विश्व कीर्तिमान बनाएकी छन्। पोखरा क्रिकेट मैदानमा सोमबार माल्दिभ्सविरुद्धको खेलमा उनले विश्व कीर्तिमान बनाएकी हुन्।

अञ्जलीको कीर्तिमानसँगै नेपालले माल्दिभ्सलाई १० विकेटले पराजित गर्‍यो। अञ्जलीले दुई ओभर बलिङ गर्दै एक रन पनि नदिई ६ विकेट लिँदै विश्व कीर्तिमान बनाएकी हुन्। कुनै पनि क्रिकेटरले अहिलेसम्म रन नखर्चिकन ६ विकेट लिन सकेका छैनन्।

अञ्जलीले चार ब्याट्सवुमनलाई क्याच गराएकी थिइन्। यस्तै दुई खेलाडीलाई बोल्ड गरिन्। अञ्जलीले नवौं ओभरको पाँचौ र छैटौं तथा ११औं ओभरको पहिलो बलमा विकेट लिँदै ह्याट्रिक पूरा गरेकी थिइन्। टिट्वेन्टीमा अञ्जलीको प्रदर्शन विश्व कीर्तिमान भएको नेपाली टोलीका प्रशिक्षक जगत टमटाले जानकारी दिए। उनले माल्दिभ्सका नौ खेलाडी शून्य रनमै आउट हुनु पनि अर्को कीर्तिमान भएको बताए। यसैगरी कुनै पनि टोली १६ रनमा अलआउट हुनु पनि अर्को कीर्तिमान हो भने मात्रै पाँच बलमा जित हासिल गर्नु पनि अर्को कीर्तिमान भएको टमटाले दाबी गरे।

सोमबारको खेल रोचक पनि रह्यो। जसमा चार नयाँ कीर्तिमान पनि बने। टस जितेर ब्याटिङ रोजेको माल्दिभ्स १०.१ ओभरमा १६ रनमै समेटिएको थियो। सात रनमा पहिलो विकेट गुमाएको माल्दिभ्सले ११ रनमा दोस्रो र तेस्रो, १५ रनमा चौंथो, पाँचौं, छैटौं र सातौं तथा १६ रनमा बाँकी विकेट गुमाएको थियो। माल्दिभ्सको पालीमा हम्जा नियाजले नौ तथा हफ्सा अब्दुल्लाले चार रन जोडिन्। बाँकी खेलाडी शून्यमै पेभेलियन फर्किए। नेपालले अतिरिक्त तीन रन दिएको थियो।

१७ रनको लक्ष्यसहित मैदान छिरेको नेपालले पहिलो ओभरमै जित निकाल्यो। मात्रै पाँच बलको सामना गरेकी काजल श्रेष्ठले तीन चौका प्रहार गर्दै अविजित १३ रन जोडिन्। पाँच बल फालेकी माल्दिभ्सका बलर समा अलिले अतिरिक्त चार रन दिएकी थिइन्। अर्की प्रारम्भिक ब्याट्सम्यान सीता मगरले एक बल पनि खेल्न पाइनन्।

२.१ ओभरमा दुई मेडनसहित ६ विकेट लिएकी अञ्जली चन्द बुमन अफ दी म्याच घोषित भइन्। करुणा भण्डारीले दुई ओभरमा दुई विकेट लिइन्। जितपछि नेपाली टोलीकी कप्तान रुविना क्षत्रीले पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गर्न सकेकोमा खुसी भएको बताइन्। नेपालले बुधबार बंगलादेश र शुक्रबार ६ मा श्रीलंकाको सामना गर्नेछ।

माल्दिभ्सकी कप्तान जुना मारियाले पहिलो अन्तर्राष्ट्रिय खेल भएका कारण उत्कृष्ट प्रदर्शन गर्न नसके पनि अनुभव बटुल्ने अवसर पाएको बताइन्। मंगलबार श्रीलंका र बंगलादेशबीच खेल हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.