मुआब्जा दररेटविरुद्ध आरुघाट र खहरेवासीको विरोध, गाउँपालिकामा लगायो ताला

मुआब्जा दररेटविरुद्ध आरुघाट र खहरेवासीको विरोध, गाउँपालिकामा लगायो ताला

आरुघाट (धादिङ) : बहुचर्चित बुढीगण्डकी जलविद्युत आयोजनाको डुवान क्षेत्रमा पर्ने आरुघाट र खहरे बजारको मुआब्जा दर प्रति स्थानीय बासिन्दाले विरोध जनाएका छन् । सरकारले सोमबार मुआब्जा वितरण गरिने दररेट घोषणा गरेसँगै स्थानीय जनप्रतिनिधि र स्थानीयबासी आन्दोलित भएका हुन् ।

सरकारले बजार क्षेत्रको लागि भनेर छुट्टै मुआब्जा दर घोषणा गरेको भएपनि स्थानीयबासीले मुआब्जा थोरै भएको भन्दै विरोध जनाएका हुन् । विरोधस्वरुप सोमबार नै खहरेबजारमा प्रमुख जिल्ला अधिरकारी अस्मान तामाङ र बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा वितरण इकाइका संयोजक कृष्ण कार्कीको पुत्ला जलाएका थिए । साँझ राके जुलुस समेत निकालेका थिए । 
मंगलबार प्रदर्शनकारीले प्रधानमन्त्री केपी ओली, उर्जा मन्त्री वर्षामान पुनसहितको पुत्ला जलाएका छन् ।आरुघाटका स्थानीय एवं बुढीगण्डकी जलविद्युत आयोजना सरोकार समितिका अध्यक्ष दिनेश कुमार ढकालले भने, 'सरकारले यतिसम्म अपमान गरेर मुआब्जा घोषणा गर्छ भन्ने हामीले सोचेका पनि थिएनौँ, यो सरासर आरुघाट खहरेवासीलाइ सुकम्वासी बनाउने खेल हो ।'

मुआब्जा थोरै भएको भन्दै मुआब्जा घोषणाको समाचार आउने वित्तिकै आन्दोलित भएका खहरे र आरुघाटका स्थानीयहरुले मंगबार बसहानैदेखि खहरे आरुघाट बजार बन्द गराएका छन् । ठाउँ-ठाउँमा टायर बालेर विरोध जनाएका स्थानीयले खहरे र आरुघाट बजार समावेश हुने धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यलयमा अनिश्चितकालिन तालाबन्दी गरिदिएका छन् ।

मुआब्जाको दररेट थोरै घोषणा गरेको भन्दै विरोध स्वरुप स्थानीयले निकालेको राके जुलुश। तस्बिर : मनीष दवाडी

विरोधमा यातायात सेवा ठप्प गरायो । स्थानीय विदुर अधिकारीले भने, 'हामीलाई यो मुआब्जा स्वीकार्य छैन, कम्तीमा आनाको २५ लाख हुनुपर्छ भनेर हामीले भन्दै आएकोमा हामीलाइ जिस्काउने काम मात्रै भएको छ । सबै डुवान पीडितको भेला आयोजना गरेर शसक्त विरोधका कार्यक्रम गर्छौं ।'

जनप्रनिधिले पनि मुआब्जामा तत्काल पुनरविचार नगरेमा राजीनामा गरेर स्थानीयबासीसँगै आन्दोलनमा होमिने चेतावनी दिएका छन् । जिल्ला समन्वय समितिका सदस्य एवं आरुघाटको विशालनगरबासी कमल नारायण श्रेष्ठ र त्रिपुरासुन्दरी गाउँपालिका अन्तरगत वडा नं ६ का अध्यक्ष एवं खहरेवासी देवराज धरेलले त राजीनामा घोषणा गर्दै स्थानीयबासीहरुको आन्दोलनमा सहभागी भएका छन् ।

गत आइतबार मध्यरातसम्म मुआब्जा निर्धारण समितिको अन्तिम वैठक बसेर मुआब्जा घोषणा गर्न बाँकी धादिङ र गोरखाको आरुघाट बजार तथा गोरखाको आर्खेत र धादिङको खहरे बजारको मुआब्जा तोकिएको थियो ।

जस अन्तरत आरुघाट बजारतर्फ मुख्य सडकले छोएको ठाउँहरुमा आनाको साढे २ लाख देखि ७ लाख रुपैयासम्म, सहायक मार्ग भएका ठाउँहरुमा आनाको २ लाख २५ हजार देखि ३ लाखसम्म, गोरेटो बाटो भएका जग्गाहरुमा आनाको १ लाख ५० हजार र कुनैपनि प्रकारका बाटो नभएको जग्गामा आनाको ५० हजार रुपैया तोकिएको मुआब्जा निर्धारण छ । 

त्यस्तै धादिङको खहरे बजारतर्फ मुख्य सडकलस‍ँग जोडिएको १०० फिटसम्मको जग्गालाई आनाको ९० हजारदेखि १ लाख २० हजारसम्म मुआब्जा तोकिएको छ ।  त्यस्तै, १०० फिटको रेन्ज भन्दा बाहिरको जग्गालाई आनाको ५० हजार तोकिएको छ । समग्रमा आरुघाट तर्फ ९ किसिम र खहरे बजारतर्फ ७ किसिममा मुआब्जा दर तोकिएको छ ।

बुढीगण्डकी आयोजनाको डुबानमा पर्नेमध्ये अहिलेसम्म ४४ हजार ६ सय ५८ रोपनी जग्गाको २६ अर्ब ८४ करोड ४६ लाख ४९ हजार रुपैयाँ मुआब्जा वितरण भइसकेको छ। डुवानमा पर्ने सवै ठाउँहरुको मुआब्जा निर्धारण भएपछि अब बजारक्षेत्रको करिब १७ सय ७० रोपनी जग्गाको मुआब्जा वितरण प्रक्रिया सुरु हुनेछ । चालु आर्थिक वर्षमा सरकारले बुढीगण्डकी आयोजनाका लागि १४ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाको कार्यालयमा तालबन्दी गर्दै डुवान क्षेत्रका स्थानीय। तस्बिर : मनीष दवाडी
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.