भीरकोटमा हाटबजार सुरु

भीरकोटमा हाटबजार सुरु

स्याङ्जा : कृषि उत्पादनलाई सहजरुपमा आपूर्ति गर्न र बिचौलिया भगाउने उद्देश्यले भीरकोट नगरपालिकामा साप्ताहिक हाट बजार संचालनमा ल्याइएको छ। प्रत्येक शनिबार संचालन हुनेगरी हाट बजार संचालनमा ल्याइएको हो। नगरपालिकाको सहयोग र भीरकोट उद्योग वाणिज्य संघको पहलमा साप्ताहिक हाटबजार सुरु गरेको हो। 

हाट बजार सुरु भएपछि यहाँका बिक्रेता एवं क्रेता दुबै खुसी छन् । किसानले आफ्नो बारीमा उत्पादित कृषि उपज सिधैं हाटबजारमा बिक्री गर्न पाउनेछ भने खरिदकर्ताले पनि एकैथलोबाट खरिदगरी आफ्नो आपूर्ति गर्न पाउने भएपछि दुबै पक्ष खुशी देखिएका हुन्। 

किसानका उत्पादित कृषि उपज (तरकारी, फलफूल, अन्य ) लगायत स्थानीयबासीले उत्पादन गरेका वस्तुलाई बिक्री गर्न सहज बनाउने उद्देश्यले नगरपालिकाले हाटबजार संचालनमा ल्याएको बताउँछन् नगरप्रमुख छायाँराम खनाल । 

'हाटबजारबाट उपभोक्ताले सहज, सस्तो, स्वच्छ तरकारी खरिद गर्न सक्छन् भने किसानले पनि आफ्नो लगानी अनुरुपको उचित मुल्य पाउनेछन्।' प्रमुख खनालले भने, 'हाटबजार संचालनपछि अब विचौलीया खेल्न पाउनेछैनन्।'

जिल्लाकै मध्य भागमा रहेको र कृषि उपज उत्पादनमा अत्यन्त उर्वरभूमि हो भीरकोट । यहाँका स्वरेक, बयरघारी र आधीखोला किनारका उर्वर फाँटमा मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरिँदै आएको छ । यसैगरी, यहाँ कफी, अदुवा, सुन्तलालगायत अमिलो जातका फलफूलको राम्रो उत्पादन हुन्छ। 

विचौलीयाका मारमा परेका किसानलाई कृषि उपज हाट बजार संचालनमा ल्याएपछि राहत मिल्ने बताउँछन उद्योग वाणिज्य संघका अध्यक्ष भक्तबहादुर केसी । त्यसो त, खरिदकर्ताले पनि किसानकै मुल्यमा खरिद गर्न पाउने भएका छन्। हाटबजारले सानादेखि ठूला कृषकलाई अर्गानीक तरकारी खेतीमा लाग्न प्रोत्साहन मिल्ने छ । 

भीरकोट नगरपालिकाको बयँरघारी, सुन्दर बजार, हेलु बजारलगायतका व्यापारीक केन्द्रलाई शनिबार बन्द हुने हुँदा यहाँ संचालित हाट बजारबाट उपभोक्ताले आफूलाई आवश्यकता अनुरुपका सामाग्री खरिद गर्न सक्नेछन् ।

यस नगर क्षेत्रभित्र उत्पादित अर्गानीक ताजा तरकारी, फलफूल अन्नवाली, पशुपंक्षी र घरेलु हस्तकलालगायतका  सामाग्री खरिद गर्न सकिने गरी हाटबजार संचालनमा ल्याइएको छ । भीरकोटलाई कृषि पकेट क्षेत्र बनाउने नगरपालिकाको लक्ष्यअनुरुप हाटबजार संचालनमा ल्याइएको हो । जिल्लाका ११ स्थानीयतहमध्ये भीरकोट मध्यभागमा पर्दछ ।

सिद्धार्थ राजमार्गसँगै जोडिएको नगरपालिका भएका कारण पनि जुनसुकै ठाँउमा उत्पादन भएको उपजलाई बिक्री गर्न किसानलाई सहज हुने उपप्रमुख सीमा क्षेत्री कर्माचार्य भन्छिन् ।हाटबजार संचालनपछि आफना घरमा उत्पादित वस्तु बिक्रीका लागि डोकामा बोकेर घरघरै हिँड्नुपर्ने बाध्यता पनि छोटिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.