उपनिर्वाचनको समीक्षा प्रतिवेदन पठाउन नेकपाको निर्देशन

उपनिर्वाचनको समीक्षा प्रतिवेदन पठाउन नेकपाको निर्देशन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बुधबार बसेको सचिवालय बैठकले यही मङ्सिर १४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहको उपनिर्वाचनको समीक्षा प्रतिवेदन पठाउन सम्बन्धित कमिटीलाई निर्देशन दिएको छ। 

पार्टीको केन्द्रीय कार्यालय धुम्रबाराहीमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को अध्यक्षतामा सम्पन्न बैठकले उपनिर्वाचन भएका वडा तहदेखि जिल्ला तहका कमिटीले समीक्षा गरेर त्यसको प्रतिवेदन पठाउन निर्देशन दिएको हो ।

बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालयको अर्को बैठक यही मङ्सिर २३ गते बस्ने जानकारी दिए। उनले सचिवालयको २३ गतेको बैठकमा उपनिर्वाचनको व्यवस्थित समीक्षा गरिने बताए।

सोही बैठकले साङ्गठनिक एकताका बाँकी काम, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकलगायत विषयमा छलफल गर्ने श्रेष्ठले जानकारी दिए।

बैठकले उपचाररत प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी ओलीको शीघ्र स्वास्थ्यलाभको कामनाको प्रस्ताव पारित गरेको छ । यही मङ्सिर ४ गतेको सचिवालय बैठकले अध्यक्ष दाहाललाई पार्टी र प्रधानमन्त्री ओलीलाई सरकारको काममा केन्द्रित हुने निर्णय गरेपछि दाहालको अध्यक्षतामा बुधबार पहिलोपटक बैठक बसेको हो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.