बागलुङ दुर्घटनामा मृतकको संख्या १५ पुग्यो, बेपत्ता भनिएका मृत भेटिए

बागलुङ दुर्घटनामा मृतकको संख्या १५ पुग्यो, बेपत्ता भनिएका मृत भेटिए

बागलुङ : जिल्लाको पश्चिम बडिगाड गाउँपालिकामा मंगलबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ। मध्यपहाडी लोकमार्गको बागलुङ बुर्तिबाङ सडकखण्डको छेउबाट करिब ३ सय मिटर तल बडिगाड खोलामा खस्दा बेपत्ता भएका इश्मा गाउँपालिका ४ का ६५ वर्षीय धनबहादुर कार्की बुधबार मृत अवस्थामा भेटिएका हुन्।

कार्कीको शव दुर्घटनास्थल भन्दा केही तल बडिगाड ७ दिच्छेमा खोलाले बगाएको अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय भिमगिठेका प्रहरी निरीक्षक रिणबहादुर बैदवारले बताए ।

दुर्घटनामा गम्भीर घाइते भएकाको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइते तीनैजनालाई ढोरपाटनस्थित बुर्तिबाङ अस्पतालमा सामान्य उपचारपछि हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो । 

गुल्मीको इश्मा गाउँपालिका वडा नम्बर ५ दोहोली कैयापाटाबाट बागलुङको निसीखोला गाउँपालिका १ बायखोला तर्फ जाँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप बडिगाड गाउँपालिका ७ भिमगिठेको घोकर्नामा दुर्घटनामा परेको थियो ।

गुल्मीको इश्मा गाउँपालिकाबाट २६ जना यात्रु बोकेर आएको जीप दुर्घटना हुनुभन्दा करिब आधाघण्टा अगाडी ग्वालीचौरको खौलारामा ट्राफिक कारवाहीमा परेको थियो । ट्राफिक प्रहरीले ओभरलोड भएको भन्दै आठजनालाई सोही स्थानमै झारेर लोकल भ्यानमा पठाइएको थियो । भ्यानमा पठाएका कारण ८ जना सकुशल छन् । अन्य १५ जनाको भने घटनास्थलमै मृत्यु भएको थियो । 

बुधबार हुने निसीखोलाको बायखोलामा कार्की बन्धुहको कुलपूजाका लागि जाँदै गर्दा दुर्घनामा परेका थिए। निसीखोलामा बुधबार कुल पुज्ने कार्यक्रम थियो । दुर्घटनापछि कार्की गाउँ शोकमा डुबेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.