प्रदेससभा सदस्य विमलाले लिइन् शपथ

प्रदेससभा सदस्य विमलाले लिइन् शपथ

बुटवल : उपनिर्वाचनमा दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट प्रदेशसभामा सदस्यमा निर्वाचित विमलाकुमारी खत्री (वली)ले शपथ ग्रहण गरेकी छन्। बुधबार प्रदेशसभामा आयोजित एक समहारोकाबीच सभामुख पूर्णबहादुर घर्तीले वलीलाई शपथ दिलाएका हुन्।

श्रीमान उत्तरकुमार वलीको सवारी दुर्घटनामा निधन भएपछि दाङमा उपनिर्वाचन भएको थियो। वलीले २४ हजार बढी मतसहित निर्वाचन जितेकी हुन्। श्रीमान्कै सट्टामा संसद प्रवेश  गरेकी ओलीले जनताको पक्षमा काम गर्ने बताइन्।

‘श्रीमान्का सपनाहरु र मेरो निर्वाचन क्षेत्रका जनताका आकांक्षा पूरा गर्न लाग्नेछु’, उनले भनिन्। समग्र प्रदेशकै विकासका लागि आफ्नो भूमिका संसदमा रहने उनले बताइन्।

विद्यार्थीकालमा राजनीतिमा जोडिएकी उनी सक्रिय राजनीतिमा भने थिइनन्। नेपालगञ्जमा हुर्किएकी वलीले प्रमाणपत्रतहसम्मको अध्ययन गरेकी छन्। ३५ वर्षीय वलीका दुई छोरा छन्। 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.