मुस्ताङमा भारतीय महिलाको मृत्यु

मुस्ताङमा भारतीय महिलाको मृत्यु

जोमसोम : धार्मिक स्थल मुक्तिनाथको दर्शनका लागि जोमसोम आएकी एक भारतीय महिलाको मृत्यु भएको छ। भारतको रायपुर घर भएकी ६१ वर्षेसरला नाइड्रोको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको हो।

भारतदेखि मुस्ताङ आउने क्रममा घरपझोङ गाउपालिका–३ जोमसोमस्थित होटल होलिडे होममा नाइड्रोको मृत्यु भएको श्रीमान अखलेसकुमार नाइड्रोले बताए। बुधबार नै लेख लागेर मृत्यु भएकी सरलोको जिल्ला अस्पताल जोमसोममा पोष्टमार्टम गरी शवलाई भारत नै लगेर अन्तिम संस्कार गर्ने मृतकका आफन्तले बताएको प्रहरी प्रवत्ता आशिष अधिकारीले जानकारी दिए।

चिसो अत्यधिक बढेकाले पनि यो समय मुस्ताङ आउने पर्यटक तथा तिर्थालुलाई लेक लाग्ने सम्भावना बढी हुन्छ। रातिको समय यहाँको तापक्रम माईनस १० डिग्रीसम्म हुने गरेको छ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.