क्रस-कन्ट्री साइक्लिङमा लक्ष्मी मगरले दिलाइन् स्वर्ण
काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत क्रस-कन्ट्री साइक्लिङमा नेपालकी लक्ष्मी मगरले स्वर्ण पदक जितेकी छिन्।लक्ष्मी मगरले १ घण्टा २० मिनेट २० सेकेन्डमा लक्ष्य पूरा गरिन्। बिहीबार गोकर्णमा भएको प्रतियोगितामा नेपालकै उषा खनालले सोही खेलमा रजत जितेकी छिन्। उनले १ घण्टा ३५ मिनेट ५२ सेकेण्डमा लक्ष्य पूरा गरिन्।
कास्य पदक भारतकी खेलाडीले जितिन्। योसँगै नेपालले साइक्लिङमा ३ स्वर्ण बटुलेकको छ। यसअघि साइक्लिङको डाउनहिल तर्फ पुरुषमा राजेश मगर र महिलामा निस्मा श्रेष्ठले स्वर्ण दिलाएका थिए।