प्रधानमन्त्रीलाई भेट्न दोस्रोपटक अस्पताल पुगिन् राष्ट्रपति

प्रधानमन्त्रीलाई भेट्न दोस्रोपटक अस्पताल पुगिन् राष्ट्रपति

काठमाडौं : प्रधानमन्त्री केपी ओलीलाई भेट्न राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो पटक अस्पताल पुगेकी छन्। एपेन्डिसाइटिसको शल्यक्रियापछि सघन उपचार कक्षमा स्वास्थ्य लाभ गरिरहेका प्रधानमन्त्रीलाई भेट्टन राष्ट्रपति भण्डारी बिहीबार दिउँसो अस्पताल पुगेकी हुन्। 

मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति भण्डारीलाई अस्पतालका कार्यकारी निर्देशक डा उत्तमकृष्ण श्रेष्ठ, प्रधानमन्त्रीका प्रेस सल्ला्हकार सूर्य थापा लगायतले स्वागत गरेका छन्। ओलीलाई बिहीबार बेलुका वा शुक्रबार बिहानसम्ममा डिस्चार्ज गर्ने तयारी भइरहेको छ।

यसअघि राष्ट्रपति भण्डारीले ‌ओलीलाई मंसिर १२ गते भेटेकी थिइन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.