प्रधानमन्‍त्रीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति भण्डारी ३० मिनेट अस्पतालमा

प्रधानमन्‍त्रीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति भण्डारी ३० मिनेट अस्पतालमा

काठमाडौं : प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक अस्पताल पुगेकी छन्। एपेन्डिसाइटिसको शल्यक्रियापछि सघन उपचार कक्षमा स्वास्थ्य लाभ गरिरहेका प्रधानमन्त्री केपी ओलीलाई भेट्टन राष्ट्रपति भण्डारी बिहीबार दिउँसो अस्पताल पुगेकी हुन्। 

राष्ट्रपति भण्डारीले मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा ३० मिनेट बिताइन् । उनले आधा समय प्रधानमन्त्रीसँग कुराकानी गरिन् भने आधा समय चिकित्सकसँग कुराकानी गरिन् । 

राष्ट्रपति भण्डारीलाई अस्पतालका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठ, प्रधानमन्त्रीका प्रेस सल्ला्हकार सूर्य थापालगायतले स्वागत गरेका थिए । प्रधानमन्त्री ओली अहिले केही बेरमा डिस्चार्ज हुँदैछन् । अघिल्लो मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गराएका प्रधानमन्त्रीलाई भेट्न राष्ट्रपति भण्डारी मंसिर १२ गते अस्पताल पुगेकी थिइन् । मंसिर १२ गते अस्पतालमा ४५ मिनेट बिताएकी राष्ट्रपति भण्डारी बिहीबार ३० मिनेट बसेकी हुन् । 

मंसिर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएपछि प्रधानमन्त्री अस्पतालमा आराम गरिरहेका छन् ।  पेट दुख्ने समस्या भएपछि स्वास्थ्य परीक्षणका लागि त्रिवी टिचिङ अस्पताल पुगेका प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिस भएको भेटिएपछि शल्यक्रिया गरिएको हो। 

मिर्गौला समस्याले नियमित डायलासिस 
मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि प्रधानमन्त्री ओलीको नियमित हेमोडायलासिसलाई प्राथमिकता दिइएको छ। उनको पाँचौ पटक डायलसिस मंसिर १२ गते भएको थियो । 

प्रधानमन्त्री ओलीको कात्तिक १३ गते पहिलो पटक डायलायसिस गरिएको हो। दुवै मिर्गौला फेल हुँदा सातामा दुई वा तीन पटक डायलासिस गर्नुपर्ने हुन्छ। तर, प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा पूर्ण ह्रास नआइसकेका कारण असहज महसुस भए मात्र डायलासिस गरिँदै आएको छ। गत कात्तिक १३ र १४ गते उनको चौबिस घण्टामा दुईपटक डायलासिस भएको थियो।

मिर्गौलाको कार्यक्षमतामा सुधार देखिएपछि सचिवालय र मन्त्रिपरिषद्का काम कारबाही एवं बैठकमा उनी सक्रिय छन्। 

०६४ सालमा ओलीको भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपणपछि उनले औषधि सेवन गर्दै आएका छन्। 

गत १८ साउन र ५ भदौमा सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गरिएको थियो। प्लाज्माफेरेसिस पद्धतिबाट शरीरमा बढेको एन्टिबडी नष्ट गरिएको थियो।

१२ वर्षअघि मिर्गौला फेल भएपछि प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको अन्य स्वास्थ्य अवस्था राम्रो रहेको उनका सहयोगी चिकित्सकको भनाइ छ। नियमित डायलासिस गर्ने वा मिर्गौला प्रत्यारोपण गर्ने भन्ने विषयमा चिकित्सक निर्णयमा पुग्न सकेका छैनन्। 

प्रत्यारोपण गरिएको मिर्गौलाले पिसाबबाट फोहोर निष्कासन गर्न नसकेपछि मेसिनको सहयोग लिएर गरिने फोहोर निष्कासन गर्ने पद्धति नै डायलासिस हो। मेसिनको सहायताले रगतमा भएको फोहोर तत्व र आवश्यकभन्दा बढी रहेको नुनपानी फालेर रक्तचापलाई नियन्त्रणमा राख्न डायलासिस हुन्छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.