जुत्ता मेलामा आकर्षण बढ्यो

जुत्ता मेलामा आकर्षण बढ्यो

काठमाडौं : भृकुटीमण्डपमा जारी जुत्ता महाकुम्भ महासेल मेलामा उपभोक्ताको भीड लागेको छ । मंसिर ६ गतदेखि सुरु भएको यो मेलामा झन्डै ३० हजारले अवलोकन गरेको आयोजक एवं केटीएम सुजका प्रबन्ध निर्देशक प्रमोद महतोले जानकारी दिए ।

मेलामा आएका अधिकांश व्यक्ति खाली हात नगएको उनको भनाइ छ । 'आउनेमध्ये अधिकांशले कम्तीमा एक जोर किनेरै गएका छन्', उनले भने । पुस ५ गतेसम्म चल्ने मेलामा जुत्ता बिक्री गर्न भ्याइनभ्याइ छ । मंसिर विवाहको सिजन भएकाले जुत्ताको माग बढेको हो । मेलामा आउने अधिकांश ग्राहक बिहेका लागि जुत्ता किन्न आउने महतोले बताए ।

जाडोयाममा क्लोज सुजको माग बढी हुन्छ । केही समयअघि महिनैपिच्छे जुत्ता आयोजना हुन थालेपछि मेलाको आकर्षण घटेको थियो । भारतीय नाकाबन्दीपछि जुत्ता बिक्री गर्न व्यवसायी पटकपटक मेला आयोजना गरिरहन्थे । अहिले त्यो अवस्था नरहेको महतोको बुझाइ छ । 'यो मेला अरु बेलाजस्तो पुरानो सामान बेच्ने, स्टक क्लियर गर्ने मनसायले आयोजना गरिएको होइन', उनले भने, 'मेलामा जुत्ता किनेको छोटो समयमै च्यातिने, खुइलिने गरेको गुनासो आइरहेका छन् । तर, यसमा त्यस्ता पुराना जुत्ता राखिएका छैनन् ।'

यो मेलामा फ्रेस प्रडक्ट मात्रै राखिएको उनले जानकारी दिए । उनका अनुसार विवाहको सिजनलाई लक्ष्य गरी २५ डिजाइनका नयाँ जुत्ता सार्वजनिक गरियो । उनले भने, 'ती जुत्ता उत्पादन मूल्यका आधारमा बिक्री गरिरहेका छौं । ९ सय रुपैयाँदेखि २५ सयसम्म जुत्ता मेलामा छन् । एक हजारभन्दा बढी डिजाइन हामीसँग छ । यो बिल्कुलै नयाँ डिजाइनका जुत्ता पाइन्छ । विवाहमा जानुपर्ने ग्राहकका लागि निकै उपयोगी छ ।'

यो मेलामा जुत्ता बिक्री मात्र नभई जुत्ताको गुणस्तरबारे परामर्श दिइरहेको महतोले जानकारी दिए । उनले भने, 'हामी यहाँ जुत्ता मात्रै बेच्दैनौं, उपभोक्तालाई जुत्ताको गुणस्तरबारे जानकारी गराउँछौं । मेलापछि पनि हामीलाई व्यवसाय गर्नुपर्नेछ ।'

९ वटा ब्रान्ड सहभागी यो मेलामा दुई वटा कम्पनीले महिलाले लगाउने जुत्ता बिक्री गरिरहेका छन् भने बाँकी सातवटाले अन्य जुत्ता प्रस्तुत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.