ट्याक्टरबाट लडेर मृत्यु

ट्याक्टरबाट लडेर मृत्यु

मलंगवा : बाराको महागढीमाई नगरपालिका बरियापुरस्थित गढीमाईको दर्शन गरेर घर आउँदै गर्दा ट्याक्टरबाट लडेर बिहीबार एक भारतीय नागरिकको मृत्यु भएको छ। 

मलंगवा नवलपुर सडकखण्डअन्तर्गत कविलासी नगरपालिका ८  गैर बजार र सिरसियाको बीचमा ट्याक्टरबाट लड्दा  भारतको बिहार राज्य सितामढी जिल्ला कन्हौली ग्राम छोटी भाडसरका अन्दाजी ३० वर्षीय पप्पु पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ।

बि आर ३०  जे ३८७० नम्बर भारतीय  ट्याक्टरबाट लड्दा गम्भीर घाइते भएका पासवानलाई मलंगवा अस्पतालमा उपचार गरी थप उपचारका लागि भारतको सितामढी लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक पासवानको शव पोष्टमार्टमका लागि सर्लाही अस्पतालमा राखिएको छ। चालक फरार भएका छन् भने ट्याक्टरलाई कविलासी प्रहरी चौकीले आफ्नो नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठोरले जानकारीले दिएका छन्।
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.