विप्लवका सिन्धुली इन्चार्ज जेल चलान
सिन्धुली : नेत्रविक्रम चन्द (विप्लव)का सिन्धुली जिल्ला इन्चार्ज वर्तमान राई (सशी) कारागार चालान भएका छन् । जिल्ला अदालत सिन्धुलीले राईलाई पुर्पक्षका लागि कारागार राख्न आदेश दिएको हो ।
गत असोज २३ गते हरीहरपुरगढी गाउँपलिका २ बखपरस्थित घरबाटै पक्राउ परेका राईलाई चन्दा आतंक तथा सांगठीत अपराधमा मुद्धा चलाइएको थियो ।
जिल्ला अदालत सिन्धुलीको आदेशअनुसार राईलाई पूर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी चक्रबहादुर सिंहले जनाए