प्रदेशसभा सदस्यले लिए सपथ

प्रदेशसभा सदस्यले लिए सपथ

पोखरा : गण्डकी प्रदेशसभामा उपनिर्वाचनमार्फत बागलुङ प्रदेश-२ ‘ख’बाट निर्वाचित जनमोर्चाका खिमविक्रम शाहीले बिहीबार पद तथा गोपनियताको सपथ लिएका छन्। प्रदेशका सभामुख नेत्रनाथ अधिकारीसँग उनले सपथ लिएका हुन्। 

सपथमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थिति थियो। मंसिर १४ गतेको उपनिर्वाचनमा सत्तारुढ नेकपाको समर्थन शाहीले र राष्ट्रिय जनमोर्चाका तर्फबाट निर्वाचन जितेका हुन्। उनले कांग्रेसका जितबहादुर शेरचनलाई २ हजार ९७ मतान्तरले पराजित गरेका थिए। 

शाहीले ११ हजार २ सय ३५ मत पाउँदा कांग्रेस उम्मेदवार शेरचनले ९ हजार १ सय ३८ मत ल्याएका थिए। ०७४ को स्थानीय तह निर्वाचनमा खिमबहादुर शाही बागलुङको निसीखोला गाउँपालिका अध्यक्षमा पराजित भएका थिए। 

०७४ मा बागलुङ २ खबाट निर्वाचित जनमोर्चाका सांसद टेकबहादुर घर्तीमगरको गत मंसिरमा निधन भएको थियो। सपथपछि प्रदेश सभा सदस्य शाहीले आफ्नो क्षेत्रका जनताले भोग्दै आएको खानेपानी, बाटोघाटो र विजुली अभावको समस्या समाधान गर्न लाग्ने प्रतिक्रिया व्यक्त गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.