नगरपालिका केन्द्रमा विवाद

नगरपालिका केन्द्रमा विवाद

कालिकोट : जिल्लाको तिलागुफा नगरपालिकाको केन्द्र तोकिएको छ। स्थानीय सरकार गठन भएको तीन वर्षपछि नगरपालिकाको मंगलबार सम्पन्न नगरसभाबाट नगरपालिकाको स्थायी केन्द्र तोकिएको हो। 

नगरसभाले तिलागुफा नगरपालिका ९ चिल्खायाको हुस्केमा तोकेपछि स्थानीय आन्दोलित भएका छन् । नगरसभाले सबै नगरवासीको पायकपर्ने ठाउँमा नतोकी सबैको अपायक पर्ने ठाउँमा नगरपालिकाको केन्द्र तोकेको भन्दै नागरिक आन्दोलित  भएका हुन्।

तिलागुफा नगरपालिकाको केन्द्रका विषयमा लामो समयदेखि विवाद थियो।मुख्य राजनीतिक दलहरुले स्थानीय तहको निर्वाचनका बेला गरेका बाचा पुरा गर्नकै लागि नगरको केन्द्र बनाउन खोज्दा तीन वर्षसम्म नगरपालिकाको केन्द्र कहाँ तोक्ने भन्ने विषयमा सहमती जुट्न सकेको थिएन् । 

तर स्थानीय तहको निर्वाचन सम्पन्न भएको तीन वर्ष वितिसक्दा पनि केन्द्र नै नतोकिदा पालिकाका भौतिक पूर्वाधार निर्माणका साथै अन्य विकासी कामहरु प्रभावित भएपछि मंगलबार बसेको नगरसभाले बहुमतका आधारमा चिल्खायाको हुस्केमा नगरपालिकाको स्थायी केन्द्र तोक्यो । 

तिलागुफा नगरपालिका ५ का वडा अध्यक्ष टिकाराम न्यौपानेका अनुसार अबको १० दिन भित्र स्थानीयले निशुल्क जग्गा नगरपालिकालाई दिएपछि चिल्खायाको हुस्केमा नगरपालिकाको केन्द्र बनाउने र स्थानीयले नगरपालिकालाई आवश्यक पर्ने जग्गा निशुल्क उपलब्ध नगराए अर्को नगरसभा बसेर पुन अर्को ठाउँ तोकिने निर्णय भएको छ। 

कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष न्यौपानेले नागरिकको आवश्यकता र भौगोलिक सुगमताभन्दा पनि चुनावी बाचा पुरा गर्न नेमकिपा र नेकपाबाट निर्वाचित जनप्रतिनिधिले बहुमतको आधारमा नगरपालिकाको केन्द्र तोकिएको आरोप लगाए ।

उनले भने, 'मंगलबार बहुमतका आधारमा निर्णय गरियो । त्यही दिनबाट नगरवासी आन्दोलित छन् । सबैको माग तिलागुफा नगरपालिका ५ को धनाडादेखि ६ को गाल्जे बजारसम्म कुनै ठाउँमा नगरपालिकाको केन्द्र तोकिनुपर्ने थियो । ती २ वटा बाहेक वडा १ देखि ४ र वडा ७ देखि ११ सम्मका ९ वडा वडाका जनप्रतिनिधिको सहमतिमा बहुमतले निर्णय गरेको हो । नगरपालिकाको ५ मा नेपाली कांग्रेस र वडा ६ मा तत्कालीन एमालेबाट निर्वाचित जनप्रतिनिधिले नगरको निर्णयमा असहमति जनाएका छन्। 

आन्दोलनकारीले सांसद र पूर्व सभासदको पुत्ला जलाए

तिलागुफा नगरपालिकाको केन्द्र विवादमा आन्दोलनरत नागरिकले स्थानीय दुईजना नेताहरुको पुत्ला जलाएका छन् । आन्दोलनकारीले नेकपाबाट निर्वाचित कालिकोटका प्रतिनिधिसभा सदस्य सांसद दुर्गबहादुर रावत र नेमकिपाका जिल्ला अध्यक्ष तथा पूर्व सभासद नमराज कोईरालाको पुत्ला जलाएका हुन् । 

जनक शाही, दिपक शाही, जगत दमाई, डिल्ली शाहीलगायतका आन्दोलनको नेतृत्व गरिरहेका स्थानीय नागरिक अगुवाले तिलागुफा नगरपालिकावासीको पाइकपर्ने ठाउँमा केन्द्र तोक्न र मंगलबार भएको निर्णय सच्याउन माग गर्दै नेकपा र नेमकिपाको सहमति गर्न लगाउने सांसद दुर्गबहादुर रावत र नेमकिपाका जिल्ला अध्यक्ष नमराज कोईरालाको पुत्ला जलाइएको जनाएका छन् । 

नगरले आफ्नो निर्णय नसच्याएसम्म आफूहरुले आन्दोलन नरोक्ने चेतावनी दिएका छन् । आन्दोलनका क्रममा धकेलपकेल गर्दा स्थानीय प्रकाश शाही र सशस्त्र प्रहरीका हवलदार सामान्य घाइते भएका छन् । 

कालिकोटका निमित्त प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपालीले तिलागुसफाको केन्द्र विवाद पछि भएको आन्दोलनलाई लक्षित गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी व्यापक रुपमा परिचालन गरिएको बताए । 

उनले दुईवटा सुरक्षा निकायको सक्रियतामा नगरपालिकामा सुरक्षा व्यवस्था कडा पारिएको बताए । जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलीयाले तिलागुफा नगरपालिकाको केन्द्र विवाद समाधानका लागि छलफल भइरहेको बताए । उनले स्थानीय नागरिकले गरेको निर्णयविरुद्ध आन्दोलन थालेपछि नगरपालिकाका जनप्रतिनिधि र असन्तुष्ट पक्ष बीच छलफल भइरहेको बताए । 

तिलागुफा केन्द्र विवादमा विप्लव समूहले विवादको विषयलाई लिएर विज्ञप्ति निकालेको छ । उसले विज्ञप्तिमार्फत संसदीय व्यवस्था एकपछि अर्को ढंगले असफल हुँदै गइरहेको जनाएको छ ।

नेकपाका एरिया नम्बर ६ का इन्चार्ज रमेशले निकालेको विज्ञप्तिमा संसदीय व्यवस्था एकपछि अर्को ढंगले असफल हुँदै गइरहेको र आफ्नो असफलतालाई ढाकछोप गर्न बाहनाबाजी, व्यइमानी गर्दै जनप्रतिनिधि जनतासामु शीर निहुराएर हिँड्नुपर्ने अवस्था आएको दाबी गरेको छ ।

तिलागुफाको केन्द्र बहुमत अल्पमतभन्दा जनतालाई सहमतिमा ल्याएर तोक्नुपर्नेमा दवाव र हैकममा नगरको केन्द्र ६ गाल्जे भन्दा ९ चिलखाया हुस्केमा लिन खोज्नु नै गलत भएको दावी गरेको छ ।

निर्वाचनका बेला भोट मागेर प्रतिनिधिसभामा जितेका माननीय दुर्गबहादुर रावतले जुबिथाबासी सहिद परिवार, वेपत्ता घाइते, अपाङ र १० वर्ष जनयुद्धमा लाम्बद्ध तमाम जनसमुदायको योगदानको अबमुल्याङकन हुनेगरी जुबिथाका सामान्त भनेर बोल्नु गलत भएको बताएको छ।

जारी विज्ञप्तिमा भनिएको छ आफू नव सामान्तमा बदलिएको ख्यालै नगरी जनतालाई सामान्तको संज्ञा दिनु कतिको जायज हो । यो उनको कुरा हो। तर थप स्थितीलाई नियन्त्रण गर्न भनेर सदरमुकाम मान्मबाट थप सुरक्षा फौज उहाँकै निर्देशनमा पठाइनुले फासिवादी कदमको झलक दिएको जनाएको छ । 

स्थिति झनै जटिल बन्नेतर्फ सरोकारवालाको ध्यान जान जरुरी छ। तिलाबासी जनसमुदायलाई उत्तेजना र आबेकबाट नभई छलफल र बहसबाट समस्याको हल खोज्न विप्लव समूहले आग्रह गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.