शिक्षक अभावको विरोधमा नगरपालिका कार्यालय तोडफोड

शिक्षक अभावको विरोधमा नगरपालिका कार्यालय तोडफोड

मलंगवा : हरिपूर्वा नगरपालिका–५ स्थित श्री केशर गरिब जनता उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरुले शुक्रबार हरिपूर्वा नगरपालिकाको कार्यालय तोडफोड गरेका छन् ।

प्राविधिकतर्फ पढाइ हुने सिभिल इन्जिनियरिङका विद्यार्थीहरुले विद्यालयमा प्राविधिकतर्फको शिक्षक नरहेको र शिक्षक भर्नामा  नगरपालिकाले कुनै चासो नदेखाएको भन्दै कार्यालय तोडफोड गर्न पुगेका हुन् ।

शिक्षक अभावमा ८ महिनादेखि प्राविधिक तर्फका कुनै पनि विषयको पढाइ हुन सकेको छैन । विद्यार्थीहरुले कार्यालयको कम्प्युटर, टेलिभिजन, फर्निचरका समान तोडफोड गरेको नगरपालिकाले जनाएको छ ।

शिक्षक भर्नाका लागि नगरपालिकामा पटक पटक ताकेता गर्दा पनि कुनै सुनुवाइ नभएको प्राविधिकका विधार्थी अञ्जना साहले बताइन् । शिक्षक अभावमा ८ महिनादेखि प्राविधिकतर्फका कुनै पनि विषय पढाइ हुन नसकेको साहले बताइन् ।

शिक्षक भर्नाका लागि नगरपालिकामा गुनासो गर्न जाँदा विधार्थीमाथि नै नगरपालिकाका एक कर्मचारीले हेलमेटले आक्रमण गरेपछि विद्यार्थीहरु आन्दोलित बनेको बताएका छन् ।

प्रधानाध्यापकलाई कार्यकारी अधिकृत सकलदेव रायले दुव्र्यवहार गरेको विद्यार्थीहरुको गुनासो छ । नगरपालिका कार्यालयमा रहेका कुर्सी, टेबल, कम्प्युटर, टेलिभिजन लगायत समान विद्यार्थीले तोडेका छन् । करिब २०/२५ लाखको क्षति भएको नगरपालिकाका कर्मचारीहरुको दावी छ ।


नगरपालिकाका कर्मचारी भन्छन् : शिक्षकले उक्साए

शिक्षक माग गर्न प्रधानाध्यापकले नै विद्यार्थीलाई उक्साएर नगरपालिकामा पठाएको कार्यकारी अधिकृत रायको आरोप छ । विद्यार्थीहरुले करिब ३ घण्टासम्म कार्यालयभित्र पसेर तोडफोड गरेको उनले आरोप लगाए ।

उच्चमाविमा प्राविधिकतर्फ पढाउन एक इन्जिनियर र दुई सबओभरसियर नियुक्तिमा अनियमितता भएको भन्दै मुद्दा अख्तियारमा छ । तर, यसबीचमा प्रधानाध्यापककै कमजोरीका कारण शिक्षक भर्ना हुन नसकेको नगरपालिकाका अधिकारीको जिकिर छ ।

प्रधानाध्यापक रामप्रित महतो भने आफू एक साताअघि मात्रै सरुवा भइ विद्यालयमा आएको र स्कुल र नगरपालिका बारे जानकारी नभएको बताउँछन् । आक्रोशित विधार्थीहरुले विद्यालयमा समेत तालाबन्दी गरेका छन् । यसअघि पनि शिक्षक भर्नामा अनियमितता भएको भन्दै केही विद्यार्थी तथा अभिभावकले विद्यालयमा तालाबन्दी गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.