रुपन्देहीमा २८ वर्षीय युवकले गरे बा-आमाको हत्या, दाजु घाइते

रुपन्देहीमा २८ वर्षीय युवकले गरे बा-आमाको हत्या, दाजु घाइते

भैरहवा : रुपन्देहीको ओमसतिया गाउँपालिकामा आफ्नै आमा र बाबुको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् ।

ओमसतिया गापा–४ सानो बालापुरका २८ वर्षीय गोरख यादवले घरमा बसिरहेको अवस्थामा आफ्नो ७२ वर्षीय बुवा रामनारायण यादव र ७० वर्षीया आमा ठगना यादवको खुर्पा प्रहार गरेर हत्या गरेको भन्दै पक्राउ परेका हुन् ।

साथै ५२ वर्षीय दाजु जोगिन्द्र यादवमाथि पनि उनले खुर्पा प्रहार गरेर घाइते बनाएका छन् । जोगिन्द्रको पनि बायाँ हातमा चोट लागेको छ । उनको भैरहवास्थित युसिएमएस मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अभियुक्तले पहिले बावुको र पछि आमाको हत्या गरेको स्वीकार गरेका छन् । बावुको घटनास्थलमै मृत्यु भएको हो भने आमाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । आमामाथि खुर्पा प्रहार गर्दा दाजुले जोगाउन खोज्दा दाजुमाथि पनि खुर्पा प्रहार गरी घाइते बनाएको रुपन्देही प्रहरीका प्रवक्ता डिएसपी खड्क बहादुर खत्रीले जानकारी दिए ।

यादवको मानसिक सन्तुलन बिग्रिएर औषधि सेवन गर्दैआएको प्राराम्भिक अनुसन्धानमा खुलेको उनले बताए । खुर्पा प्रहार गर्ने यादवलाई नियन्त्रणमा लिइएको र घटनाको थप अनुसन्धान भइरहेको उनले जनाए । मृतकहरुको शवलाई पोस्टमार्टमका लागि भैरहवा भिम अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.