इँटा भट्टामा प्रेसर कुकर बम भेटियो
रौतहट : राजपुर नगरपालिका-७ स्थित चौधरी इँटा भट्टामा शनिबार प्रेसर कुकर बम भेटिएको छ।
उक्त बम भूमिगत समूह मधेस नेशनल पार्टीले राखेको अनुमान गरिएको छ। सो स्थानमा उक्त पार्टीको पर्चा भेटिएको छ। इँटा भट्टाका मजदुरले झोलाभित्र बम देखेपछि प्रहरीलाई खबर गरेका थिए। उक्त बम सेनाले निस्कृय बनाएको छ।
दुई महिनाअघि इँटा भट्टाका संचालक विनोदप्रसाद जयसवालसँग भूमिगत समूहले चन्दा मागेको सूचना पाएको इलाका प्रहरी कार्यालय रापजुरले जनाएको छ।
चन्दा नदिएको भन्दै जयसवाललाई धम्कीसमेत आउने गरेको थियो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
रौतहटका अन्य केही इँटा भट्टा संचाललाईसमेत रकम माग गर्दै धम्की दिएका सूचाना आएकाले र अनुसन्धान भइरहेको रौतहटका डीएसपी नविन कार्कीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
१