स्याङ्जामा लाटोकोसेरो उत्सव हुँदै

स्याङ्जामा लाटोकोसेरो उत्सव हुँदै

स्याङ्जा : यसै वर्षको माघ महिनामा स्याङजामा लाटोकेसेरो तथा हुचिल उत्सव हुने भएको छ । हुचिल लाटोकोसेरो प्रजाति मध्ये एक पंक्षी हो । स्याङजाको पुतलीबजार नगरपालिका २ र विरुवा गाउँपालिका ३ को सिमास्थल राङभाङमा माघको २४ र २५ गते लाटोकेसेरो तथा हुचिल उत्सव हुने भएको हो ।

 
राङभाङ क्लब, मिलेनियम ट्रेक व्यवस्थापन समिति र प्रकृतिका साथी नामक संस्थाको संयुक्त आयोजनामा उत्सव हुने भएको क्लबका अध्यक्ष बालकुमार गुरुङले जानकारी दिए ।'संस्कृति, पर्यावरण संरक्षण र मनोरञ्जनसहितको उत्सव हुनेछ,' नेपाल लाटोकोसेरो तथा हुचिल उत्सवका संयोजक गुरुङले भने। 

जादुगर चरोको उपनामले समेत परिचित यो पंक्षीले दिनमा आखाँ देख्दैन । रातमा बढी सक्रिय हुन्छ । शिशा काट्ने, करेन्ट हान्ने लगायतका बिचित्रको विशेषता भएको यो दुर्लभ एवं मांसाहारि पंक्षी हो ।

६० वर्षसम्म बाच्न सक्ने यो पंक्षीको खुट्टाका नङग्राले शिशा समेत काट्ने विश्वास गरिन्छ । नेपाल, भारतमा पाइने यो चराले आफ्नो मृत्युको पूर्वाभास पाउने वित्तिकै स्वयं आत्महत्या समेत गर्ने हुँदा अति अद्भुत् श्रेणीको प्राणीको रुपमा मानिन्छ ।

सन् २००६ देखि अमेरिकाको हस्टन, मिनिसोबाट लाटोकोसेरोको उत्सव मनाउन थालिएको भए पनि नेपालमा भने सन् २०१२ देखि प्रत्येक वर्ष नयाँ नयाँ स्थानमा मनाइदै आएको छ । धादिङ, चितवन, नवलपरासी, गोर्खा, कास्की, कपिलवस्तु, दोलखा र खोटाङमा समे लाटोकेसेरो उत्वस आयोजना गरिसकेको बताइएको छ । 

नेपालमा ८ सय ८७ प्रजातिका चराहरु नेपालमा छन । विश्वमा २ सय २५ प्रजातिका लाटोकोसेरोमध्ये २३ प्रजातिको लाटोकोसेरो नेपालमा पाइने बताए। त्यसमा पनि ८ प्रजातिका लाटोकोसेरो चोरी शिकारी र अवैध कारोवारका कारण राष्ट्रियस्तरमै दुर्लभ  छन्। लाटोकोसेरोको एउटा प्रजाति लोप भइसकेको छ।

प्रकृति संरक्षणमा लागि अत्यन्त महत्वपूर्ण जीव र मानिसमा मित्र एको हुँदा लाटोकेशेरो तथा हुचिल संरक्षणमा जुटौं भन्ने सन्देश दिन उत्सब गरिने भएको गुरुङको भनाई छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.