आगो निभाउन गएका किशोरको जलेर मृत्यु

आगो निभाउन गएका किशोरको जलेर मृत्यु

बाजुरा : सामुदायिक वनमा लागेको आगो नियन्त्रण गर्न खोज्दा जलेर १ जना १५ वर्षीय किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा जगन्नाथ गाउँपलिका १ ढाडाकोटका रति विक रहेको जगन्नाथ गाउँपालिकाका प्रवक्ता डबल विकले जानकारी दिए ।

काउचा झुलाकाटिया सामुदायिक वनमा लागेको आगो नियन्त्रण गर्न खोज्दा लडेर आगोमा परेका थिए। उपचारका लागि कोल्टि प्राथामिक स्वास्थ्य केन्द्र कोल्टि पुर्‍याउँदा प्रथामिक स्वास्थ्य केन्द्रमै मृत्यु भएको विकले जानकारी दिए।

शनिबार बिहानबाट सामुदायिक वनमा लागेको आगो नियन्त्रण गर्न स्थानीयसँगै उनी पनि गएका थिए।शनिबार साँझ ७ बजे मृत्यु भएको आफन्तले जानकारी दिए।

शनिबार बिहानैदेखि सामुदायिक वनमा लागेको नियन्त्रणमा आएको छैन। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.