बलात्कार आरोपमा हेल्थ पोष्टका इन्चार्ज पक्राउ

बलात्कार आरोपमा हेल्थ पोष्टका इन्चार्ज पक्राउ

रौतहट : बलात्कार आरोपमा हेल्थपोष्टका इन्चार्ज तथा दात विशेषज्ञ डाक्टर पक्राउ परेका छन्। प्रहरीले सिंहलाई गौरबाट पक्राउ गरेका हुन्। रौतहटको जिल्लाको यमुनामाई गाउँपालिकाको सरुअठा हेल्थ पोस्टका इन्चार्ज ४५ वर्षीय सुधीरकुमार सिंहलाई बलात्कार आरोपमा प्रहरीले शुक्रबार पक्राउ गरेको हो। 

उनको गौरमा दाँतको उपचार गर्ने निजी क्लिनिक समेत छ। मंसिर १८ गते चितवन घरभइ गौरमा घुम्न आएकी ३० वर्षीया महिला घर फर्किन गौर बसपार्क आएकी थिइन्।

पार्कमा बस कुरिरहेको अवस्थामा आरोपीत सिंहले महिलालाई चितवनको बस चढाइदिने भन्दै मोटरसाइकलमा राखेर सदरमुकामबाट करिब १५ किलोमिटर उत्तरमा रहेको आफू कार्यरत सरुअठा हेल्थ पोस्टमा लगेर रातभर बन्धक बनाइ बलात्कार गरेको महिलाको आरोप छ ।

उनले गौरबाट बस नपाउने चन्द्रनिगाहपुरबाट चितवन जाने बस पाइने भन्दै मोटरसाइकलमा चढाएर हेल्थ पोष्ट लगेका थिए ।महिलाको जाहेरीको आधारमा इन्चार्ज सिंहलाई पक्राउ गरि अनुन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपि नविन कार्कीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.